काठमाडौ । ‘मिष्टर टिन नेपाल २०१६’ यही २५ भदौमा छानिने भएको छ । त्रिपुरेस्वर स्थित ब्लुबर्डको मुड्सको सभाकक्ष्यमा आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले जानकारी गराएकी छन् ।
टिन एजर्स युवाहरुको प्रतिभा निखार्ने यो प्रतियोगीताको अन्तिम स्पर्धामा २० युवाले प्रतिस्पर्धा गर्दैछन् । दुई हजार भन्दा माथी संख्याका प्रतियोगीलाई पछि पार्दै यी युवा फाइनल सम्मका यात्रा तय गर्न सफल भएका हुन् ।
अन्तिम स्पर्धाका लागी यी प्रतियोगीले ब्यक्तित्व बिकाश, रन वे मोडलिङ , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास, पब्लीक स्पिकिङलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण हमसिल गरेका छन् ।
टिन एजर्स युवाहरुको प्रतिभा निखार्दै आफै भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्य पनि प्रतियोगीताको रहेको छ । कार्यक्रममा प्रतियोगीले शिर्ष उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
Watch Once
Post a Comment