Tik Tok Entertainment

Tik Tok Video

Interview

Latest Updates

Tik Tok Nepal

8:13:00 AM

‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिदै

4:35:00 AM
काठमाडौं – ‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएको छ । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगीता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

राजधानीको होटल अन्नपुर्णमा मंगलबार आयोजित एक कार्यक्रममा ‘मिष्टर नेपाल’को नयाँ सिजन ‘मिष्टर नेपाल २०१८’को आवेदन समेत खुल्ला भएको जानकारी दिइयो । १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ ।
देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयमा दक्ष प्रशिक्षकद्धार प्रशिक्षण सहित फाइन प्रतिस्पर्धा उतार्ने आयोजकको योजना रहेको छ ।
यस बर्षको मिष्टर नेपाल बिजेताले चलचित्र, युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले बाइक पुरस्कार सम्बन्धमा सम्झौता समेत गरेका थिए ।
कार्यक्रममा म्यानेजर नवराजले मिष्टर नेपाल पुरुषहरुको सबैभन्दा ठुलो र प्रतिष्ठित कार्यक्रममा भएकोले पनि आफु जोडिएको बताए । ‘मिष्टर नेपालले ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्न एक मात्र कार्यक्रम हो’ नवराजले भने ‘कार्यक्रममा सहभागी हुन पाउदा खुसी लागेको छ ।’
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुदै आएको प्रतियोगीताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायत  दर्जन बढी बिजेता चुनिसकेका छन् । ति मध्य आयुष्मान घिमिरे, सुरज चिल्वाल, गणेश अग्रवाल, अक्षय रायमाझी कार्यक्रममा समेत सहभागी रहेका थिए ।
प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म  एक्सपोज नेपालको कुपन्डाल स्थित कार्यलय र वेभसाइट  बाट पनि भर्न सकिनेछ । असारको पहिलो सातादेखि अडिसन सुरु हुने प्रतियोगीताको फाइनल प्रतिस्पर्धाको मिती अडिसन राउड सकिए पछि सार्वजनिक गरिने आयोजले जनाएको छ । 

डा. आयुष्मान घिमिरे – मिष्टर नेपाल पुरुषहरुको भबिस्य निर्माण गर्ने एक अवसरको रुपमा आफुले लिएको बताए । कार्यक्रमबाट थुप्रै बिषयको ज्ञान हासील गर्न सकिने भएकोले भबिस्य उज्वल बनाउन महत्वपुर्ण हुने तर्क राखे । 
गणेश अग्रवाल – मिष्टर नेपालले लुकेर रहेको प्रतिभा निखार्ने काम गरेको बताए । मिष्टर नेपालहुदै पहिलो पटक नेपालको प्रतिनिधित्व मिष्टर वल्डमा गरेका गणेशले कहिकतैबाट सिक्न र लिन नसकिने ज्ञान र अनुभव मिष्टर नेपालबाट मिल्ने बताए । 

पुर्व मिष्टर नेपाल सुरज चिल्वाल–  मिष्टर नेपालबाट आफ्नो जीवन कसरी अगाडी बढाउने र जविनमा कसरी सफलता प्राप्त हुन्छ भन्ने सिक्न पाएको सुनाए ।
मिष्टर नेपाल २०१७ अक्षयजंग रायमाझी – जीवनमा सफलता चुम्न र जीवन सफल बनाउन मिष्टर नेपाल एकदम उचित प्लेटर्फम भएको चर्चा गरे ।
कोरियोग्राफर दिक्पाल कार्की– दिक्पालले मिष्टर नेपालमा हुने प्रहिक्षण हरुको जानकारी दिए । 

राष्ट्र प्रेमले भरिएको गीत “सिरैमा ढाकाटोपी ..” सार्वजनिक

4:19:00 AM
गायिका प्राश्ना लामा र अनिल रानाको आवाज रहेको “सिरैमा ढाकाटोपी । ।” बोलको राष्ट्र प्रेमले भरिएको गीत सार्वजनिक भएको छ । निकै राम्रो मौलिक तरिकाले भिडियो निर्माण गरेको गीतलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ । टुप्ला (जोसेफ) सोरेनको शब्द संगीत रहेको यस गीतमा फिमेल भोकल भने प्राश्ना लामाको रहेको छ ।
लामाको यो चौथो गीत हो । नेपाल र नेपालीको बर्णन गरेको यस गीतलाई राजधानी आसपास छायांकन गरिएको छ । गीतमा मानब थिंग , राजु लामा सुनिता राई र सुष्मिता तामांगको अभिनय रहको छ । भिडियो लाई अनिल रानाले निर्देशन गरेका छन् । संगीत बानियाको सम्पादन रहेको यस म्युजिक भिडियो लाई जनक राज अधिकारि र राम कृष्ण चौलागाईले खिचेका छन् । भिडियो निर्माणमा नेपाल राष्ट्रिय डेमोन्सट्रेसन टिम ( कपन टाईगर) ले बिसेष सहयोग गरेको छ ।

बिर बिश्वासको "आकासैमा तिन तारा सार्वजनिक / भिडियोमा पहिलो पटक बिर

11:52:00 PM
नेपाली संगीतको आकाशमा बिर विश्वासको आफ्नै शब्द संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक  भएको छ  ।   हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक बिर बिश्वासको  स्वरमा रहेको "आकासैमा तिन तारा , सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ । 
ओम सुनारको एरेन्ज रहेको गीत "आकासैमा तिन तारा , लाई  नयाँ तरिकाले प्रेजेन्टेसन दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिक ले सम्पादन गरेका छन । 
नेपाली संगितमा बिगत ५ बर्ष देखि संगीतक्रममा लाग्दै आएका बिरले यस पछी आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा "जलाएर गयोउ मुटु लाई ....."बोलको गीत  र  गीतको भिडियो सार्वजनिक गर्ने बताए ।  भारतको गुजरातमा बस्दै आएका बिर  संगीतका बिद्यार्थी पनि हुन् । उनले आफ्नो कर्म संगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् ।  उनले भारतका बिभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |