नेपाली संगीतको आकाशमा बिर विश्वासको आफ्नै शब्द संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक बिर बिश्वासको स्वरमा रहेको "आकासैमा तिन तारा , सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ ।
ओम सुनारको एरेन्ज रहेको गीत "आकासैमा तिन तारा , लाई नयाँ तरिकाले प्रेजेन्टेसन दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिक ले सम्पादन गरेका छन ।
नेपाली संगितमा बिगत ५ बर्ष देखि संगीतक्रममा लाग्दै आएका बिरले यस पछी आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा "जलाएर गयोउ मुटु लाई ....."बोलको गीत र गीतको भिडियो सार्वजनिक गर्ने बताए । भारतको गुजरातमा बस्दै आएका बिर संगीतका बिद्यार्थी पनि हुन् । उनले आफ्नो कर्म संगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् ।
उनले भारतका बिभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।
उनले भारतका बिभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।

Watch Once
Post a Comment