प्रकाश बराईली “अभिब्यक्ती” - सांगीतीक क्षेत्रको बिगत देखी बर्तमान सम्म नियाल्ने हो भने पहिलाको तुलनामा आयस्रोत एकदमै न्युन रहेको छ । पहिला पहिला अडियो, सिआरबिटी र पिआरबटीबाट निकै लाभदायक रहन्थ्यो । तर हाल लगानी गरेको रकम उठ्न पनि धौ धौ रहेको स्थिीती छ । यस क्षेत्रमा लागेर केही गर्छु भन्ने ब्यक्तीहरु धेरै छन् । धेरैजसो कलाकारहरुले जुवामा पैसा फाले जस्तो गरिरहेका छन् । तैपनि थोरै मात्र सफल भएका छन् । यस्तो परिस्थीतीमा पनि कलाकारहरु बन्नेको भिड लागीरहेको छ । कतिपय कलाकारहरु आफ्नो रहर पुरा गर्नका लागी त कतिपय बाध्यताले । सांगीतीक क्षेत्रको स्थिती झन भन्दा झन धरासयी बन्दै गईरहेको बेलामा सरकार र सम्बन्धीत निकायहरुको त्यती ध्यान पुगेको छैन ।
लोप हुन लागेको संस्कृतीलाई बचाउनु त कहाँ हो कहाँ उल्टै छाँडा गीतहरुले प्रशय पाईरहेको छ । सरकार र सम्बन्धीत निकायले सांगीतीक क्षेत्रलाई उचाईमा पुर्याउनका लागी केही महत्वपुर्ण भुमिका खेल्दीएमा राम्रो हुने थियो । कतिपय कलाकारहरु र सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको अवस्था छ । दिन प्रति दिन सांगीतीक क्षेत्रको बजार खस्कीदा पनि यसलाई कसरी बिस्तार गर्ने भन्ने कुरामा कसैको चासो देखिएको छैन । कतिपय कलाकारहरु आफु कसरी अगाडी बढ्ने, यस क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने कुरा भन्दापनि अरुको कुभलो चाहने, अरुको खुट्टा तान्ने प्रबृती यथावत रहेको छ । कतिपय कलाकारहरु दिनभर अरुकै कुरा काटेरै आफनो दिन बितेको पत्तै नपाउने पनि छन् । अरुको कुरा गरे गाल पाई आफनो कुरा गरे खान पाई भन्ने उखानलाई पनि मनन् गर्न जरुरी छ । त्यसैले सर्वप्रथम आफु सुध्रीन जरुरी देखीन्छ ।
अरुको बारेमा राम्रो नराम्रो कुरा गर्नु भन्दापनि पहिला आफनो बारेमा सोच्नु र नयाँ योजना बनाई अगाडी बढ्न सकेमा त्यो जस्तो राम्रो केही हुने छैन । यस क्षेत्रमा मिहेनत गर्नेहरुको भन्दापनि खुरापातीहरुकै बर्चश्व रहेको छ । काठमाडौमा जुन चोक, जुन गल्ली, जुन स्टुडियो गएतापनि एउटा कलाकारले अर्काे कलाकारको कुरा काट्ने खिल्ली उडाउने भैरहेको पाईन्छ । यो कुरा सबलाई जानकारी भएकै कुरा हो । साथै कतिपय कलाकारहरु अर्काको प्रगती र सहकार्यता देखेर रिस डाह गर्ने पनि गरेका हुन्छन् । को ब्यक्री कस्तो हो भनेर आफुले चिन्दा मात्र हुन्छ ।
अबका दिनहरुमा यस्ता क्रियाकलापहरुलाई बिस्तारै न्युन गर्दै गएमा साँगीतीक क्षेत्रले नयाँ बाटो पाउने देखिन्छ । लगानी बढी तर प्रतिफल कम भएतापनि कलाकार बन्नेको चाप बढीरहेको छ । सुरुमा नयाँ कलाकारहरुले केही सिकेर अनि बुझेर आउदा राम्रो हुने छ । यस क्षेत्रलाई नयाँ दिशा तर्फ लैजानका लागी सबै कलाकारहरु एक जुट भएर नयाँ बिकल्प खोज्नुपर्ने देखिन्छ । फुटेर हैन जुटेर लागेपछि नहुने के छ र । सबै मिलेर कानमा तेल हालेर बसेको सरकार र सम्बन्धित निकायलाई झकझकाउनु जरुरी छ । त्यसपछि मात्र यस क्षेत्रले केही न्याय पाउन सक्छ ।

Watch Once
Post a Comment