अष्ट्रेलीयामा बसेर नेपाली गीत संगीतमा धुम मच्चाइरहेका गायक समीर आचार्य यो पटक सुदुर पश्चिममा हामफालेका छन् । सुन्दा नीकै मीठो लाग्ने तम्रा हम्रा शब्दहरु अचेल अधिकांस गीतहरुमा प्रयोग भईरहेका बेला आचार्यले सुदुर पश्चिमको बोलीचालीको भाषालाई गीतमा उतारेर गायिका टिका प्रसार्इँलाई जोडि बनाउँदै नयाँ गीत मार्फत सुदुरपश्चिम पुगेका हुन् । समीरकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा नम्रता सापकोटा र नीराजन प्रधानको रमाइलो नृत्य रहेको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । “तम्रो आखा गाजले” एउटा पूर्ण लोकभाकामा आधारीत संगीत भरिएको गीत हो । गायिका टिका प्रसाईसंग समीरको यो पहीलो युगल गीत हो । टिका प्रसार्इँ अहिले नेपाली गीतको दुनीयामा निकै चीर परीचीत नाम हो भने समीर केही वर्ष यता सांगीतीक दुनीयाको हीट लिस्टमा छन् । डेढ दशकदेखि संगीत क्षत्रमा सक्रिय उनको यो भन्दा पहिले “हैन भन्देउ न माया” र “दुनीया बेग्लै छ” भन्ने गीत दर्शक श्रोताको मनमा बस्न सफल भईसकेका छन् । करीब १ वर्षको अन्तरालमा आएको यस गीतबाट समीर एकदमै उत्साहीत देखीन्छन । भीडीयो यो लागी लींक क्लीक गर्नुहोस ।
Subscribe to:
Post Comments
(
Atom
)
Watch Once
Post a Comment