‘ए मेरो हजुर २’ को नयाँ भिडियो सार्वजनिक (एस्तो देखियो साम्राज्ञीको लुक्स )

भदौ १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर २’ को नयाँ भिडियो सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘उकालीमा जाँदा जाँदै’ बोलको गीत बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु को अभिनय रहेको छ ।
र यस ‘फिल्म को कसम हो र किनिदेउन साइला दाई’ बोलको गीत सार्वजनिक भैसकेको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका थिए
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो ।
‘उकालीमा जाँदा जाँदै’ हेर्नूस् पूरा भिडियो । https://youtu.be/1UCozTBfMEI

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |