सिंगल सिक्रिनमा जय किसानको पकड / न: १ मा चलचित्र " धुम २"

भदौ ८ गते बिहिबारबाट देशैभर प्रदर्शनमा आएको निर्देशक तथा नायक जय किसन बस्नेतको निर्माण रहेको सिनेमा "धुम २ " ले नेपालको सिंगल स्टेसनभर निकै राम्रो कमेर्सिएल सुरुवात गरेको छ । सुरुवाती दिन बिहिबार हल कम पाएको सिनेमाले बिहिबार नै दोश्रो शोबाट राजधानी लगायत मोफसलमा हल थप्नुका साथै ब्यापार पनि उत्शाहजनक गरेको वितरक तथा निर्माता मदन ताम्राकारले बताए ।

बिहिबार रिलिज कै दिन हल रिपोर्ट बुझन् गएका धुम युनिटले राजधानीको प्रमुख सिनेमा हलबाट राम्रो तारिफ पायो । सिनेमा हलमा पुगेको युनिटलाई दर्शकले घेरेका थिए , घेरिएको फिल्मका दर्शक अन्य सिनेमाको दर्शक भन्दा फरक तथा बास्तबिक दर्शक थिए ।

जय किसन बस्नेतले दर्शकलाई मनोरंजनको १०० प्रतिशत 'धुम २ " भने जस्तै दर्शकहरुले पनि सिनेमा हेरेर १०० प्रतिशत  नै मनोरंजन पाएको बताए ।  राजधानीबाट निकै रार्मो सेएर आउने मध्यको हल  अष्टनारायण सिनेमाहल पुगेर दर्शक संगै सिनेमा हेरेर फर्केका युनिटले संग सिनेमाको प्रतिक्रिया लिंदा कमेडी र इमोसनले भरिएको सिनेमा धुम २ साच्चै मनोरन्जनको १०० प्रतिसत रहेको बताए ।

"हामीले धेरै हल पहिला पनि खोजेका थिएँनौ , फिल्म राम्रो बनाएका छौ चल्छ भन्ने कुरामा हामि बिस्वोस्थ रहेका थियोउ र अहिले सोचेको भन्दा पनि राम्रो ब्यापार गरेकोले राजधानी लगायत मोफसलका सिनेमाहलहरुमा पनि फिल्मको माग भएको छ , हामि धुम २ युनिट अहिले निकै खुसि पनि छौ ।" निर्देशक जय किशन बस्नेत ।
 बिहिबार राजधानी लायत मोफसलको केहि स्थानमा प्रदर्शनमा आएको सिनेमाले शुक्रबारबाट देशैभरको अधिकांश सिनेमाहल पाएको छ । कुल गरेर करिब ३५ भन्दा बढी सिनेमहलहरुबाट प्रदर्शनमा आएको सिनेमाले पूर्वमा डिमाण्ड राम्रै भएकोले शनिबारबाट पुर्बकाहलहरुमा पनि प्रदर्शनमा आउने बताए पुर्ब पाथिभरा हलका संचालक तथा वितरक चैतन्य बरालले । "सिनेमा "धुम २ " ले पुर्बमा पनि राम्रो ब्यापार गर्ने कुरामा ढुक्क छौ , जय किशन बस्नेतको आफ्नै किसिमको दर्शक पुर्बमा छन् ' वितरक तथा हल संचलाक चैतन्य बारालले भन्नु भयो ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |