यसपटकको दशै अर्थात असोज २१ गते बाट प्रर्दशन हुने चलचित्र किस्मत २ को अडियो बिमोचन गरिएको छ । अडियो बिमोचन संगै चलचित्रको एक गितको भिडियो पनि सार्वजनिक गरिएको छ ।
टिभि फिल्मीको एक कार्यक्रम मा चलचित्र किस्मत २ को सम्पूर्ण यूनिट का साथै चलचित्र किस्मत का निर्देशक उज्वल घिमिरे को पनि उपस्थिति रहेको थियो । जहा अडियो बिमोचन संगै भिडियो गित सार्वजनिक गरिएको हो ।

छबिराज प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र किस्मत २ लाइ ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने चलचित्रका निर्माता दिजेन्द्र शाक्य हुन् । चलचित्रका गितमा अर्जुन पोखरेल र दिपक शर्माको संंगित रहेको छ । चलचित्रमा किशोर खतिवडा , शिल्पा पोखरेल , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।
सार्वजनिक पिक्चर हिट बोलको गितमा दिपक शर्माको संगित रहेको छ भने आवाज साहिमा श्रेष्ठ र कृष्ण काफ्लेको आवाज रहेको छ । सार्वजनिक गित मा कबिराज को कोरियोग्राफि र मदन कास्यप घिमिरेको छायांकन रहेको छ ।

Watch Once
Post a Comment