‘मेरो बुवाको लास पनि कफिनमा आएको थियो’ - बुवालाई सम्झिदैँ महानायक राजेश हमालले भने

अफगानिस्तानको काबुल घटनाले राजेश ज्यादै दुःखी
काठमाडौं, । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा परी मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अफगानिस्तानमा मारिएका नेपालीहरुको शव लिन विमानस्थल पुगेपछि आफन्तले पीडा पोख्दा खिचिएको फोटो देखाउँदै सामाजिक सञ्जालमार्फत राजेशले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने आफ्नो विगतलाई पनि सम्झिएका छन् ।
उनले भनेका छन् ‘१९९२ मा मेरो बुवाको लास पनि कफिनमा विदेशी भुमिबाट बाट ल्याइएको थियो । विदेशी भुमिमा आफन्त अचानक गुमाउनुको पीडा बुझ्छु ।’
राजेशका पिता पाकिस्तानका राजदूत थिए । सरकारले खटाएको ठाउँमासेवा गर्दागर्दै उनको निधन भएको थियो । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |