दर्शक लठ्याउने थानेश्वरका ‘सिन्दुर लाउने हौली र ‘मोल हो कि अनमोल

…दुई भिडियो एकै पटक बजारमा तहल्का मच्चाउँदै !

नेपाली सांगितीक क्षेत्रमा नयाँ बादशाहको रुपमा हरेक समय चर्चाको सिखरमा रहेका युवा गायक तथा फरक शैलीका गजलहरु गाएर सांगीतिक क्षेत्रमा लोकप्रिय भैसकेका गायक थानेश्वर गौतमका दुई नयाँ गीतका म्युजिक भिडियोहरु एकै साथ सार्वजनिक भएका छन् ।

गायनमा खप्पीस थानेश्वर गौतम दर्शको मनो भावना बुझ्न निकै सिपालु मानिन्छन् त्यसैले दुबै म्युजिक भिडियोमा चलेकी नायीका नीता ढुंगानाले अभिनय गरेकी छिन् । पछिल्लो समय चलचित्रमा व्यस्त रहेकी नीता ढुंगाना यतिबेला म्युजिक भिडियोकै छायांकनमा व्यस्त भैरहेकी छिन् ।
समयलाई च्यापै समातेर दर्शकको मनमा आफ्नो स्थान बनाउन सिपालुmqdefault थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका यी दुई मध्ये ‘सिन्दुर लाउने हौली‘’ गीतका रचनाकार छवी चालिसे हुन् । गीतकार चालिसे आफैंले यो गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । उपकार घमालले उनलाई अभिनयमा साथ दिएका छन् ।
‘मोल हो कि अनमोल हो‘’ गीतमा रचनाकार हस्त गौतम ‘मृदुल’ हुन् । यो गीतमा गायक तथा संगीतकार गौतमलाई गायिका सरु गौतमले गायनमा साथ दिएकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा नायिका नीता ढुंगानाले मोडल सविन लामासंग रोमान्स गरेकी छिन् । दुबै गीतलाई रञ्जना म्युजिकले रिलिज गरेको हो ।
thaneshwor-gautamत्यसो त यो गीतमा अंक ‘दुई’ को रमाइलो संयोग जुरेको छ । गायक तथा संगीतकार थानेश्वर गौतमले यी दुबै गीतमा स्वर तथा संगीत दिएका छन् । दुबै गीतका भिडियोकी नायिका नीता ढुंगाना हुन् । सञ्चारकर्मी सुव्रत आचार्यले दुबै भिडियोहरु निर्देशन गरेका छन् । अझ रमाइलो कुरा के छ भने दुबै भिडियोमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन छ ।
‘गाजल लगाइन छौ‘’, ‘दुई दिनको खेल हो कि‘’ जस्ता गजलहरुका कारण स्रोतामाझ लोकप्रिय भैसकेका गायक थानेश्वर गौतम रोयला गीतका कारण पनि लोकप्रिय छन् ।
नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’मा संगीत दिएपछि थप चर्चामा आएका यी संगीतकर्मी गजल तथा शास्त्रिय संगीत मिश्रण गरिएका आधुनिक गीतहरुको सिर्जना गर्नुका साथै फरक शैलीको गायन र संगीत सिर्जनामा पनि स्थापित भैसकेका छन् ।
यति बेला बजारमा थानेश्बर गौतम माग यति धेरै छ कि उनी समय मिलाउन सकिरकै छैनन् । सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै उनले भने मलाई दर्शक श्रोताको मायाले सबै कुरा बिर्साइ दिएको छ । म यति बेला गित सगितमा यति धेरै ब्यक्त छु कि साथी भाईहरुलाई समेत समय दिन भ्याएको छैन । हाम्रो शुभकामना थानेश्बर गौतमलाई ।।





Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |