प्रशान्त पौडेलको सांगीतिक बजार ‘साहैै्र जोश उठायो’....

चर्चित लोकगायक प्रशान्त पौडेलले सांगीतिक बजारका पारखीहरुका लागि पञ्चेबाजाको गीत पस्किएका छन् ।
पाछु मेरि भन्न, बधाई छ है, तिम्रो लायक भईन, यो संसार को सत्य कहानी लगायतका चर्चित गीतमा स्वर भरेका पौडेलले चर्चित गायिका देवी घर्ती मगर सँग ‘साह्रै जोश उठायो’ नामक पञ्चेबाजाको गीत प्रस्तुति गरेका हुन् । गीतको भिडियो समेत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
‘आँखामारि ईशाराले यता आउ भनि, 
गिलासभरि दियौ मरि पिएर जाउ भनी,
हे, तिमिले दिएको, एक गिलास पिएको, 
के भो माया साहै्र जोश उठायो,
नाच्दानाच्दै बाजाको तालमा शरिरभरि पसिना छुटायो ।’
नेपाली परम्परागत वैवाहिक कार्यक्रममा हुने युवापुस्ताको कहानीलाई गायक पौडेल र गायिका पौडेलले सांगीतिक रुपमा प्रस्तुत गरेका छन् ।
शिवदर्शन प्रा.लि.मार्फत बजारमा भित्रिएको उक्त भिडियोको विक्रम चौहानले निर्देशन गरेका छन् । कलाकार निर्मल, विश्वास, हरि, लिला, रोजी, संगीताले संगीतलाई अभिनयमार्फत मूर्तरुप दिएका छन् ।
‘हे, मेरो चिनो राख भन्दै पछ्यौरी पो दियौ,
पानी थपि पिउ भनेको,
तिमिले त्यसै पियौ,
हे तिमिले दिएको पछ्यौरी के को,
भन्देऊ माया खटपटि उठायो,
नाच्दानाच्दै बाजाको तालमा शरिरभरि पसिना छुटायो ।’
hqdefaultजानुका पौडेलको शब्दमा रहेको गीतमा युवा युवती बिच प्रेमको सुरुवाती रुपमा ईशाराले बोलाउने तथा मायाको चिनोको रुपमा पछ्यौरी दिएको प्रसङ्गलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । शितल पौडेलको लयमा उक्त गीत थप मनोरञ्जनात्मक बनेको छ । झन्डै ११ मिनेट २५ सेकेण्डको उक्त भिडियो सार्वजनिक भएको चार दिनमा नै छ हजारले हेरिसकेका छन् । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोको प्रवीण रेश्मीमगरले सम्पादन गरेका छन् ।
आउँदो तीजलाई लक्षित गरी ‘फन्केर नाचेँ म’ र ‘काठमाण्डौमा रेल’ नामक दुईओटा गीत ल्याउने तयारी गरेको उनले जानकारी दिए । सात ओटा तीजिगीतमा शब्द संगीत पनि गरेको उनले जानकारी दिए । तीज पछि भने गायक सुर्य खडका एकल स्वरमा ‘बिदेशी को पिडामा आधारित’ गित निकाल्ने तयारी गरेको उनले बताए । कुलेन्द्र बि.क. र पूर्णकला वि.सी. को स्वरमा ‘पानी नपाई गयो परान’ गीत पनि तयारीमा रहेको उनले जनाए ।
उदियमान लोकगायकको रुपमा रहेका पौडेलले यसअघि झन्डै दुई दर्जन गीतमा शब्द भरेका छन् । जिल्लाको दक्षिणी गाविस बर्राचौर–८ मा जन्मिएका पौडेल सानैदेखि बासुदेव पौडेलको नामबाट स्थानीय गायकको रुपमा छिमेकी जिल्लाहरुमा चर्चित रहेका थिए ।
सानैदेखि संगीमा रुचि राख्ने पौडेलले विशेषगरी आफ्नो जीवनको वास्तविक गीत गाउने गर्दथे । उनको स्वर अनि उनका गीतमा भरिएको वास्तविक जीवनका कहानीहरुले दर्शकहरुलाई स्तब्ध गराउँथ्यो ।
सानैदेखि लोकगीतका प्रतियोगितामा भाग लिएर सँधै अग्रस्थानमा आउने पौडेलले कास्कीको पोखरामा पोखरा एफ.एम.ले आयोजना गरेको राष्ट्रिय बाल गित प्रतियोगितामा द्वितिय स्थान हासिल गर्न सफल भएका थिए । लोकगीतको क्षेत्रमा सानैदेखि होमिएका पौडेल अहिले चर्चित गायकका रुपमा चिनिन थालेका छन् । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |