गायिका तथा गीतकार
सुनिता गुरुङले एल्बम विमोचन गर्दा हुने अनावश्यक खर्च जोगाएर सो रकम
भूकम्पबाट क्षतीग्रस्त बस्तीको पूर्ननिर्माण कार्यमा सघाउँदै आप्mनो नयाँ
एलबम सार्वजनिक गरेकी छिन् । गायिका गुरुङले म्यूजिक भिडियोसहितको आप्mनो
पछिल्लो एल्बम ‘सांगीतीक प्यास’ सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे
‘सुन्तली’ द्धारा सिन्धुपालचोकको मेलम्चीस्थित गिरान्चौरमा निर्माणाधिन
एकीकृत नमुना बस्तीलाई सहयोग गर्र्दै सार्वजनिक गरेकी हुन् । गायिका
गुरुङले एल्बम विमोचन हुँदा खर्च हुने रकम ५ हजार रुपियाँ कट्टेललाई प्रदान
गरेकी थिइन् । त्यसै गरी लायन्स क्लब अफ काठमाडौं टेम्पलका तर्पmबाट
प्रेसिडेन्ट अरुणकुमार श्रेष्ठले पनि ५ हजार १ शय ५ रुपियाँ सोहि अवसरमा
सहयोग गरेका छन् ।
‘यस्तै सानो सानो रकमले २ लाख पनि नभएको हाम्रो धुर्मुस
सुन्तली फाउण्डेसनमा २ करोड रुपियाँ बढी जम्मा भएको छ र यो बस्ती निर्माण
गर्नका लागि ठूलो हौसला मिलेको छ’ एल्बम विमोचन कार्यक्रममा सितारामले भने
‘यो एलबम जहाँ जसरी विमोचन गरे पनि हुन्थ्यो, तर यहाँ आएर विमोचन गर्दा
मेरो र स्थानियवासीको आत्मबल बढेको छ । एल्बम विमोचन गर्दा हुने खर्चको रकम
सहयोगले यो बस्ती निर्माणका लागि ठूलो सहयोग पुग्नेछ ।’ सिताराम लगायत
कुञ्जनाले पनि गयिका गुरुङलाई धन्यवाद दिइन् । विमोचित एलबमका सबै
गीतमा सुनिताको स्वर रहेको छ भने निर्भाना कला केन्द्रको उत्पादन रहेको यो
एलबमका गीतहरुमा गायिका स्वयंका साथ भागवता आचार्य र किस्ना आचार्यको गीत
तथा बिबी अनुरागी र मिलन लामाको संगीत छ । यी गीतका सबै म्यूजिक भिडियोमा
सुदिप बरालको छायांकन तथा ३ भिडियोमा निर्देशन रहेको छ । बाँकी २ गीतको
निर्देशन रमेश श्रेष्ठले गरेका छन् । भिसिडी एल्बममा लोक पप शैलीमा पानी
पानी, लोक भाकाको रमाइलो पोखरा, सालैजो भाकाको आपैmँ भन, महिला
हिंसाविरुद्धको म छोरी म चेली र भूकम्पसम्बन्धी गीत महाबीपत्तीलाई प्रगतिको
अवसर बनाऔँ बोलका गीतहरु समावेश छन् ।

Watch Once
Post a Comment