काठमाडौं । सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको चलचित्र लालजोडीको गीत दृष्यमा पनि रिलिज भएको छ । केहि समयअघि लालजोडीको अडियो सार्वजनिक भएको थियो । यसको भिडियो भने भर्खरै सार्वजनिक गरिएको छ । 'आज त क्या ब्युटि...' बोलको गीतमा नक्कली बाबुराम अर्थात कलाकार ज्योती काफ्ले, रजनी केसी र आयुष्मा कार्कीको रोमान्स छ । गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् भने टंक बुढाथोकीको संगीतमा गीतलाई राजेशपायल राई र मनिषा पोखरेलले गाएका हुन् । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका छन् ।
दिलाशा क्रियशनको व्यानरमा बनेको यो चलचित्र भदौ १७ गते रिलिज हुँदैछ । यो चलचित्रमा बुद्धी तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोईराला लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सामाजिक सञ्जालमा चर्चामा रहेका सुवेदीको यो दोस्रो निर्देशन हो । यो भन्दा अघि उनले चलचित्र एउटा साथीको निर्देशन गरेका थिए ।

Watch Once
Post a Comment