राष्ट्र्कबी माधब घिमिरे अभिनित म्युजिक भिडियो वाचा" सार्वजानिक (भिडियो सहित"

पुनर्निर्माणमा एकसाथ जुट्न आव्हान गर्दै  धुर्मुस सुन्तलीको अभिनयमा ''यो प्रण यो समर्पण'' नामक चर्चित म्यूजिक भिडियो सार्वजनिक गरेका डा । भीष्मकुमार भूसालको ''वाचा'' शीर्षकको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोलाई संचारकर्मी प्रणब सुबेदीले निर्देशन गर्नु भएको छ । निर्देशक सुबेदीको यो २१ औ भिडियो रहेको उनले बताए । राजधानी लगायत नेपालगंज , दाङ ,  कर्णाली लगायतकाको स्थानमा छायांकन गरिएको यस भिडियोमा संचारकर्मी सुबेदीले राष्ट्रकवि माधव घिमिरे, तीनपटक मदन पुरस्कार विजेता संस्कृतिविद् सत्यमोहन जोशी, गायक शिशिर योगी, युवापुस्ताकी चर्चित राजनीतिज्ञ  शान्ता चौधरी, समाजसेवाकी अनुपम उदाहरण बनेकी दीक्षा चापागाई, हुमा भूसाल लगायतका लाई भिडियोमा प्रस्तुत् गर्नु भएको छ ।

भ्रष्टाचार बिरुध्दका अभियन्ता डा । भूसालले देश घूस र कमिशन मुक्त पार्न कर्मचारी, नेता, ब्यापारी, आम नागरिक सबैको उत्तिकै भूमिका हुने सन्देश यस गीतबाट दिएका छन्। पुनर्निर्माणको काममा पनि कही कतै भ्रष्टाचार नहोस् भन्ने सन्देश समेत डा । भूसालले एकसाथ दिन खोजेका छन्। डा । भीष्मकुमार भूसालको शब्द रहेको ''वाचा'' मा शिशिर योगीको कर्णप्रिय स्वर तथा संगीत रहेको छ  ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |