सार्वजनिक यातायातबाट गीतको रोयल्टी पाउँने भए स्रष्टाले / सिर्जनाको सार्वजनिक प्रयोग गर्ने अन्य संस्थामा पनि छिट्टै लागु हुने

नेपालका सार्वजनिक यातायातमा गीतसंगीतको प्रयोग गरे बापत सवारी धनीले रोयल्टी बुुझाउनुु पर्ने भएको छ । प्रस्तोता समाज नेपालको अगुुवाईमा यातायात व्यवसायीहरुसँग शुक्रबार एक चरणको छलफल सकिएको छ । व्यवसायीहरु पनि नियम सहित आफूहरुसँग रोयल्टी माग्न कलाकार आएको खण्डमा रोयल्टी तिर्न सकारात्मक देखिएका छन् ।
 व्यववस्थापिका संसदिय बिकास समितिका अधक्ष्य सांसद रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सार्वजनिक यातायातमा गीतसंगीत प्रयोग गरे वापत स्रष्टाले रोयल्टी पाउने वातावरणको सिर्जना गर्न आफू लागि पर्ने प्रमुख अतिथि अधिकारीले वचन दिए । उनले आफ्नाने पनि गीतसंगीतमा झुुकाव रहेको उल्लेख गर्दै स्रष्टाका दुःख आफूले आत्मसाथ गर्न सक्ने बताए । सांसद अधिकारीले यातायात व्यवसायीका मर्कालाई पनि आत्मसाथ गर्दै कलाकार पनि नमर्ने गरी रोयल्टीको एउटा मापदण्ड बनाईने बताएका छन् ।
सार्वजनिक यातायातका साधनहरुमा बज्ने गीत संगीतको व्यक्तिगत प्रयोग र सार्वजनिक प्रयोग बिच भिन्नताका बारेमा बोल्दै प्रस्तोता समाजका अध्यक्ष तथा चर्चित गायक हेमन्त शर्माले व्यवसायीहरुसँग आफ्नै अधिकार माग्न पनि सल्लाह मागेको बताए । रोयल्टी संकल समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले गीत संगीतको सार्वजनिक प्रयोग गरे वापत प्रयोग कर्ताले बुुझाउनु रोयल्टी र यसका कानूनी पाटोहरुका विषयमा प्रष्टाएका थिए । रोयल्टीकाम सन्दर्भमा नेपाल टेलिकम र एनसेलसँग सम्झौता भैसकेको छ । सार्वजनिक यातायात हुँदै विस्तारै सिर्जनाको सार्वजनिक प्रयोग गर्ने होटल, रेस्टुरालगायतका अन्य क्षेत्रका सरोकालवालासँग पनि छलफल र कार्यान्वयन गरिने कार्यक्रममा जनाईएको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |