बागलुङ जिल्ला बाट बुटवल झरेकी शितल कुनै कार्यक्रमको लागि स्टेज चढ्दा जति सुकै गर्मी भए पनि जब उनी उद्घोषण शुरु गर्छिन उन्को स्वर उन्को नाम जस्तै शितलता प्रदान गर्छ । उनको उद्घोषण सुन्नेहरु भन्छ्न साच्चै उब्को स्वरमा जादु छ। जस्तोसुकै भिड्लाई पनि उनले सहजै आफ्नो मुठ्ठीमा लिन सक्छिन।लाईभ उद्घोषणमा उन्को बिशेश दख्ख्ल छ।रेडियो उद्घोषण बाट उदाएकी उनी अहिले मन्च को कार्यक्रम मा बढी देखिन्छन् । उनको मेहनत ले आज उनी सफल हुँदै गएको उनका सहेली हरु बताउँछन् ।उनी आफै पनि भन्छिन परिश्रम गर्दै जाउ सफलता एक दिन तिम्रो दास बनेर आउनेछ । यहि भनाइमा उनी अडिग पनि छिन । उन्को शघर्क्स को कथा धेरै लामो छ।
उनी मोफसलमा रहेर पनि सफल भएकी छिन । प्राय वुट्वल र आसपास को जिल्ला र छेत्र्मा हुने कार्यक्रममा उन्को माग बढ्न थालेको छ। उनी एउटा अभि
यानमा पनि छिन उन्को उद्घोषण कला नेपाल मात्र नभैइ अन्य देशमा पनि लाने । उद्घोषणको क्षेत्रमा महिलाको संख्या नगन्य मात्रामा छ तर नहार्नु हिम्मत भने झैँ शितल आफ्नो स्वरबाट शितलता प्रदान गर्न खटिरहेकी छिन ।
मध्यम बर्गीय परिवारमा जन्मेकी त्यसमाथि पनि एक्ली छोरि भएपनि उनि आट गरेर यो क्षेत्रमा हामफाल्न पुगिन्रपिता ईस्वरी शर्मा र माता पूर्णकला शर्माकी कान्छिं छोरी शितलको एक दाजु छन।
। सानैदेखि रेडियो सुन्दा अनि टिभी हेर्दा उनि सोच्ने गर्थिन के म पनि भोलि गैर यस्तै गरि बोल्न सक्ने हुन्छु होला अनि यसैगरी कार्यक्रम संचालन गर्न सक्छु होला उनि आफै संग प्रश्न गर्ने गर्थिन । तर अहिले उनि रहर पुरा गर्दैछिन भने एकातिर उनि चर्चामा पनि आउदै छिन। उनि आफ्नो रहर पुरा गर्न २०६१ सालबाट बुटवल आएर काम शुरु गरेको बताउछिन । पक्कै पनि अझै समाजमा महिलालाइ हेर्ने हेपाहा अनि पेलाईको बीच पनि उनको निडरपन अनि मेहनतले आज यो स्थानमा आईपुगेको उनको भनाइ छ ।बुटवल झरेर बिभिन्न संचार सस्थामा आबद्द हुदै कार्य गरिरहिन ।
कुनै म पक्कै यो समाजमा गरेर देखाऊछु भन्ने भाबना बोकेर उनि आफ्नो काममा तल्लिन भएर लागिन अहिले त्यहि कारणले मध्यपछिम क्षेत्रमा तहल्का पनि मचाउन थालेकी छिन । उनि बहुमुखी प्रतिभाकी धनि छिन । किनकि उनको काम हेर्दा पनि थाहा हुन्छ ्। उनि उद्घोषण गर्छिन,अभिनय गर्छिन अनि स्वास्थ्य क्षेत्र्मा पनि काम गर्छिन । उनि स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सहायक पनि छिन । सायद यो कमै व्यक्तिलाई मात्र थाहा होला। सञ्चार मोह र यात्राको क्रममा औपचारिक अध्ययनलाई थाँती राखेकी शित्तलले सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा प्लस टू अध्ययन गर्दा गर्दै अर्को रुचि पूरा गर्न मायादेबी टेक्निकल कलेज बुटवलबाट हेल्थ अशिष्टेन्ट अध्ययन गरि हाल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा स्वयम्सेवकको रुपमा कार्यरत छिन् ।
धैर्यता र निरन्तरता भयो भने अवश्य सफल भइन्छ भन्ने विश्वास राख्ने शित्तलले बुटवलमा सम्पन्न ते¥हौ ओधोगिक ,कृषि तथा व्यापार मेला ,पाल्पा ,कपिलबस्तु , देवदह ,सुदुर पश्चिमको कैलाली ,लगाएत विभिन्न स्थानका मेलाहरुमा कार्यक्रमा प्रस्तोताको रुपमा सहभागिता जनाई सकेकीछन् । उनले योगराज पोख्रेल,राजेन्द्र पोख्रेल र जमुना रानाको स्वर रहेको सम्झना भो अक्षेतामा दही ‘बोलको गीतबाट अभिनय शुरु गरेकि थिइन् भने देबी घर्ति र राजेन्द्र कंडेलको स्वरमा म त सधैं तिम्रो भलो चाहान्छु ‘बोलको गीतमा पनि अभिनय गरेकी छन् । त्यस्तै उनले आफ्नै गायनमा रहेको नर्स कि कमर्स......बोलको गितमा समेत अभिनय गरेकी छन् ।साथै यो क्षेत्रमा आफु क्रियाशील रहन सधै साथ् ,सहयोग अनि सल्लाह दिने अनि प्रेरणा दिने व्यक्ति कहिले भुल्न नसक्ने पनि उनि बताउछिन।
उनले सञ्चार क्षेत्रमा चर्चित तथा यस क्षेत्रका अग्रज सञ्चारकर्मी चिरन बराल , स्टेज उद्घोषणमा कुशल ,अनुभवी एवम् चर्चीत उद्घोषक गोपाल अधिकारी र अभिनयमा यस क्षेत्रका चर्चित निर्देशक विष्णु भट्राईको सहयोगले प्रेरणा मिलेको बताउँछिन् ।
त्यतिमात्र हैन उनि बिभिन्न संघ सस्थामा पनि समय दिन भ्यईरहेकी छिन्रसंचार सस्था,सवास्थ्य सस्था अनि कलाकार हक हित गर्न स्थापित सस्था। उनि रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान रुपन्देहीको कार्यसमितिको सदस्य पनि छिन । उनको ईच्छा पुरा होस् अनि व्यक्तिगत र सांगेतिक जिबन सफा होस् हाम्रो शुभकामना।

Watch Once
Post a Comment