बिराज भट्टको धमाकेदार एक्सनमा यस्तो बन्यो 'जय पर्शुराम'को टिजर


प्रदर्शनको कर्ममा रहेको नेपाली चलचित्र 'जय पर्शुराम'को टिजर सार्बजनिक गरिएको छ । टिजरमा झण्डै ५ बर्षपछि नेपाली चलचित्रमा फर्किएका नायक विराज भट्टको  धमाकेदार एक्सन देख्न सकिन्छ । ५ बर्ष अगाडी जसरी विराजले नेपाली चलचित्रमा आफ्नो एक्शन अवतार प्रस्तुत गर्थे त्यसरी नै जय पर्शुराममा पनि विराज नयाँ एक्शन एक्शन अवतारमा देखिएका छन् ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ । यो चलचित्रलाई ५ बर्षपछि निर्माता रोज राणाले निर्माण गरेका हुन् भने उनले पहिलो पटक यो चलचित्र निर्देशन पनि गरेका हुन् । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |