मोडलिङ र म्युजिक भिडियोमा चम्किदै राघव आचार्य

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका राघव आचार्य हिजोआज मोडलिङमा जमेका छन् । परदेशमा रहेर पनि नेपाली गीत संगीतका क्षेत्रमा पछिल्लो समय ठूलो योगदान पुर्याउन थालिएको छ । यसै क्रममा सुदूरपश्चिमको कैलालीबाट वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका राघव आचार्य पछिल्लो समय मोडलिङमा आफूलाई स्थापित गर्न सफल भएका छन् । 
  कैलालीको  लम्कीचुवा नगरपालिका वार्ड नं. २ लम्कीमा जन्मेका राघवले प्रवासमै रहेर नेपाली गीत संगीतमा स्थापित हुन सफल भएका हुन् । उनले अहिलेसम्म ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनको अभिनय कलाका कारण धेरै म्यूजिक भिडियोहरुमा उनलाई अफर आउने गरेको छ । अहिले पनि एक दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्माताहरुले उनलाई कुरा गरिसकेको बताइन्छ ।    राम्रो कलाकार बन्ने सपना बोकेर मोडेलिङ क्षेत्रमा छिरेका राघवले प्रमोद खरेलको ‘तिमीले त भन्थ्यौ तिम्रा नयन राम्रा’ बोलको गीतबाट अभिनय गरेका थिए । त्यसपछि उनको चर्चा एकाएक शिखरमा पुगेको हो । यसअघि उनले अभिनय गरेका ४ वटा म्यूजिक भिडियो निकै चर्चित भएका थिए । ती म्यूजिक भिडियो निकै चर्चित भएपछि उनलाई अहिले नेपालबाटै धेरै अफर आउने गरेका छन् । राघवले केही समय पहिले ‘बधाई छ तिम्रो नयाँ जोडीलाई’ नामक गीतमा अघिनय गरेका थिए । जुन गीत निकै चर्चित भएको थियो । 
उक्त म्यूजिक भिडियो शिवम पोखरेलले निर्देशन गरेका थिए भने सगुन शाही ठकुरी र राघव आचार्यले अभिनय गरेका थिए ।    राघवले लामो समयदेखि नेपाली कलाकारहरुलाई विदेशमा बोलाएर विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् । नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्न तथा नेपाली गीत संगीतको प्रवद्र्धनका लागि उनको यो प्रयास निकै सह्रानीय छ ।  राघवको अभिनय यात्रालाई उनका सहकर्मीहरू उमेश खड्का, पुर्बेली वसन्तराज गौतम र राम साउदले साथ दिने जनाएका छन् । राघवलाई अहिले पनि आधादर्जन म्यूजिक भिडियोका लागि मोडलिङ तथा अभिनयका लागि आग्रह आइसकेको छ ।   

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |