अब मोडलिङतिर चर्चित गायक तथा गीतकार वसन्त

काठमाडौं । दर्जनौ गीतका सर्जक तथा गायक वसन्तराज गौतम अब मोडलिङमा पनि जम्ने भएका छन् । मध्यपश्चिमको विकट जिल्ला जाजरकोट जिल्ला जन्मथलो भइ हाल रोजगारीको शिलशिलामा मलेसियामा रहेका चर्चित गायक गौतम ‘यो जुनि पाउदिन होला’ र ‘फुलेपछि झर्नैपर्छ जन्मेपछि मर्नैपर्छ’ भन्ने गीतहरुमा मोडलिङ गर्ने भएका हुन् ।  
चर्चित गायक प्रमोद खरेल, नरेन्द्र प्यासी र शान्तिकला रार्इको स्वरमा सजिएको यी गीतको म्यूजिक भिडियोमा गायक गौतमले मोड्लिङ गर्ने भएका छन् । सयौ गीतहरु लेखन तथा गायनमा सम्लग्न गौतम मोडलिङमा भने पहिलो पटक ड्ब्यु गर्न लागेका हुन् । गौतमले एक सयभन्दा बढी गीतको लय संकलनका साथै स्वर दिएका छन् ।    गौतमको ‘मध्यपश्चिम खण्ड’, ‘सुर्खेती नानी’, ‘सहिदको सम्झना’, ‘यमराजसँग नाता’ सबैभन्दा चर्चित गीतहरु हुन । भेरीगंगा म्युजिक प्रा।लि।का प्रबन्ध निर्देशक समेत रहेका गौतम मोडलिङ क्षेत्रमा पनि निकै जम्ने भेरीगंगा म्यूजिक प्रालिका म्यानेजिङ डाइरेक्टर एसपी गौतम बताउँछन् ।    वसन्तराज गौतम प्रबन्ध निर्देशक रहेको तथा एसपी गौतम, बिनोद बस्नेत लगायत म्यानेजिङ डाइरेक्टर रहेको भेरी गंगा म्यूजिक प्रालिले नेपाली लोक कला संस्कृति तथा गीतको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन तथा लोक कलाकारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याउने तयारी गर्दैछ । कम्पनीले भिडियो डकुमेन्ट्रीहरु समेत तयार गरिरहेको जनाएको छ । साथै कम्पनीले लोक गीतहरुको देश विदेशमा बजार व्यवस्थापन गर्ने जनाएको छ । बिभिन्न सर्जक तथा गायक गायिकाहरुलाई प्रोत्साहन गर्ने, विभिन्न गीत सङ्गीत, नृत्य विधाका तालिमहरु सन्चालन गरिरहेको पनि कम्पनीले जनाएको छ ।   


गायक तथा सर्जक वसन्तराज गौतमको मोडलिङ आउँदै गरेका उक्त गीतहरुको निर्देशन साहारा फिल्म प्रालिका डाइरेक्टर शिवम पोख्रेलले गर्ने बताइएको छ । निर्देशक पोेखरेलले भेरी गङ्गा म्युजिक प्रालिका अन्य भिडियोहरु पनि निर्देशन गर्ने जनाएका छन् । भेरीगंगा म्यूजिक प्रालि र साहारा फिल्म प्रालि दुर्इटा कम्पनीले देशदेखि बिदेशसम्म भिडियोको सुटिङ सहज रूपमा गराउनेबारेमा सम्झौता समेत गरिसकेको बताइएको छ ।    यसैबीच भेरीगंगा म्युजिक प्रालिले विभिन्न बिधाका सर्जक, ,गायक, गायिका तथा सङ्गीतकारहरुलाई सम्मान गर्ने जनाएको छ । त्यसका लागि हाल कम्पनीले तयारीका काम अगाडि बढिरहेको जनाएको छ ।   

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |