सार्बजनिक भयो जय पर्शुराम'को मनमोहक गीत "म त् हुन्छु ..:/ सुन्दा र हेर्दा मन आनन्द हुने (भिडियो सहित)

प्रदर्शनको क्रममा रहेको चलचित्र 'जय पर्शुराम'को निकै मनमोहक गीत । ।"म त् हुन्छु "" बोलको गीत मिडियामा सार्बजनिक गरिएको छ , सार्बजनिक गीतमा दिपक लिम्बु र अन्जु पन्तको स्वोर रहेको छ गीतमा डा कृष्ण हरि बरालको शब्द र महेस खड्काको संगीत रहेको छ ।
जति मनमोहक गीत छ उत्तिनै राम्रो कोरियोग्राफी पनि गीतमा देखिएको छ । सामाजिक संजाल युटुबमा निकै राम्रो कमेंट्स पाएको यस गीतमा एक्सन स्टार बिराज भट्ट र नायिका निशा अधिकारिलाई देख्न सकिन्छ । कोरियोग्राफर रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको यस भिडियोमा अडियो गीत संगै भिडियोको क्वालिटी र कोरियोग्राफी पनि तारिफ योग्य रहेको छ । केहि नयाँ गर्ने क्रममा मैले यो गीतमा केहि नयाँ प्रयोग गरेको हुँ  र मलाई लाग्छ म सफल पनि भएको छु राम्रो प्रतिक्रिया पाएको छु , त्यसैले मेरो काम सफल भएको मलाई लाग्छ" किरियोग्राफ़र रामजी लामिछाने ले हामि संगको कुराकानीमा भने ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्र 'जय पर्शुराम'मा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन रहेको छ । चलचित्रलाई ५ बर्षपछि निर्माता रोज राणाले निर्माण गरेका हुन् भने उनले पहिलो पटक यो चलचित्र निर्देशन पनि गरेका हुन् ।  

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |