गोर्खाली काले र बाग्लुङ्गे काली ” तिज गीत बजारमा - भिडियो सहित

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको दिन नजिकिदै गर्दा अहिले बजारमा तिज गीतहरु निकै बज्न थालेका छन् ।जत्तिको मात्रामा तिज गीत बज्न थालेका छन् उत्तिकै मात्रामा तीजका भिडियोहरु पनि बन्दै गरेका छन् ।

यसै भिडमा गायिका कालिका रोकाले यस पटकको तिजको कोसेली "गोर्खाली बाग्लुङ्गे तिज गीत लिएर नेपाली सांगीतिक बजारमा देखापरेकी छिन । २ जिल्लाका मायालुहरु बिच नाच्ने र नचाउने कुरामा समाबेस रहेर गायक मौसम गुरुङ र गायिका कालिका रोकाको सुमधुर स्वर दिएका छन । गीतमा शब्द सिर्जना भने किस्ना आचार्य रोशनी को रहेको छ । गायक मौसमले नै बनायका उक्त्त गीतको भाकामा शंकर बिसिको भिडियो निर्देशित रहेको छ । नबिन घर्तिमगरले सम्पादन गरेको यस म्युजिक भिडियो राजेश घिमिरेको सिनेमाटोग्राफी रहेको छ । कालिका रोकाको प्रस्तुतिमा सितल सिजन म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको गोर्खाली बाग्लुङ्गेको म्युजिक भिडियोमा शंकर बिसि,रश्मि तामाङ,अनिल र कालिका को जोडदार नाच देख्न सकिन्छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |