बौद्दिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ बार्सिलोनामा शिव परियार “एकल साँझ” सम्पन्न ।

अहिलेका चर्चित तथा व्यस्त गायक शिव परियार यति बेला यूरोपका विभिन्न देशमा आफ्नो सांगेतिक प्रस्तुति सबै नेपाली दर्शक तथा स्रोतको मन जिती रहेका छन् ।
 लामो समय देखि यूरोपको विभिन्न देशमा आफ्नो “एकल साँझ” गरि रहेका शिवले आईतबार स्पेनको बार्सिलोनामा बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ “एकल साँझ”गरेका हुन् ।फेमिलिया दे हेटौंडाको आयोजनामा भएको बालबालिकाहरुको सहयोगार्थ “एकल साँझ”मा गायक शिव परियार बिना पारिश्रमिक निशुल्क रुपमा गीत गएका हुन् ।बार्सिलोना आएका गायक परियारको साँझबाट करिब २ लाख ५० हजार रुपैयाँ बचत भएको छ। परियारको एकल साँझबाट बचत भएको रकम हेटौडामा रहेका बौद्दिक अपांगता भएका नेपाली बालबालिकाहरुको स्कुल निर्माणका लागि खर्च हुने भएको छ।स्पेनिस युवती आईना बार्काले तिनै बालबालिकाको लागि हेटौंडामा संचालन गरेको एक शैक्षिक परियोजनाको सहयोगार्थ साँगितिक कार्यक्रम गरेकी हुन्।

गायक परियारले बौद्दिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ कार्यक्रमबाट रकम संकलन भएकोमा खुशी ब्यक्त गरेका छन्। उनले भने,” विदेशबाट एउटी स्पेनिस चेलीले हाम्रै देशमा पुगेर बालबालिकाहरु सघाईरहेको देख्दा मेरो मन छोएको हो,उनलाई नेपाली समुदायले पनि हौसला दिन सफल भएका छौ।”

कार्यक्रममा शिवले संगी डुब्दै छु तिम्रो यादमा, अलिकति नजर तिम्रो, नभेटी नभेटी,पागल बनायौ प्रिय,क्या दामी भो, पिलायौ साथिले, कहाँ थियौ रंग मञ्च देखि रुपौली रानी, माया देउ, पार्वती पार्वती, रोसी खोला, गालैको कोठी, छड्के तिम्रो नजरले, क्या दामी भो, पिलायो साथिले लगायतका २ दर्जन बढी हिट गीतहरु गएका थिए । २ घण्टा भन्दा पनि बढी समय लगातार रुपमा प्रस्तुति राख्दै उनले दर्शकहरुको मन जिते।

बार्सिलोनास्थित नेपाली अवैतानिक बाणिज्य दूत लुईस बेल्बिसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली पाठशाला स्पेन,स्थानीय कलाकार,नाटाराज ग्रुपको समेत प्रस्तुति रहेको थियो।
बार्सिलोनामा भएको शिव परियार “एकल साँझ”हेर्नुहोस

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |