‘नकाब’ भित्रका गीतहरुको रेकर्डिङ सम्पन्न

जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा.लि. को ब्यानरमा निर्मानाधिन नेपाली कथानक चलचित्र ‘नकाब’ भित्रका गीतहरू रेकर्डिङ भएको छ । सुनिल कटुवालको निर्माण तथा रोशन कुमारको निर्देशनमा बन्दै गरेको चलचित्र ‘नकाब’मा रहेका गीतहरुमा मिलन अमात्य, दिपक लिम्बु, सुवानी मोक्तान,सूर्य कमल राई लगायतका नाम चलेका गायकरगायिकाहरूले स्वर दिएका छन् भने सुरेन्द्र महर्जन ‘अमर’, अर्जुनराज र प्रशान्त राईको शब्द रचना प्रयोग भएको छ ।


फिल्ममा रहने गीतहरू :
  • ‘फेसबुकमा लेखूँ भन्छु टुइटरमा लेखूँ भन्छु
    नदेखिने कलमले दिलको साइडमा लेखूँ भन्छु
    तिम्रै नाम …. तिम्रै नाम ……’
  • ‘कहिले हुन्छ फूलको बाटो कहिले काँडा माथी
    सुख दुस्ख हाँसो खुशी आँसु जिन्दगी हो साथी
    यो साथी … यो साथी … ’
  • ‘च्याटिङ्गमा आउ रात्रि अहिले म बिजी छु’
गीतको रेकर्डिङ म्युजिक नेपाल अनामनगरमा भएको हो । गीत रेकर्डिङको क्रममा निर्माता सुनिल कटुवाल, फिल्मका निर्देशक रोशन कुमार, गीतकार सुरेन्द्र महर्जन ‘अमर’ फिल्मका संगीतकारहरू राम कार्की तथा राज कुमार र कलाकार दिनेश जंगको उपस्थिति रहेको थियो ।
चलचित्रमा सुवानी मोक्तान, सविन श्रेष्ठ, निता ढुंगाना,शिल्पा पोखरेल, दिनेश जंग, अदिती श्रेष्ठ, अर्जुन राज, निरज लामा, जीवन शाही तथा अथिती कलाकारहरू रहने छन् ।  

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |