महानायक नायक राजेश हमाल पहिलो पटक महिला चरित्रमा फिल्ममा देखा पर्ने फिल्म "सकुन्तला" को अर्को एक गीत मिडियामा सार्बजनिक गरिएको छ । गीतमा नायिका तथा मोडल नम्रता सापकोटा लाई पनि हट अवतारमा देख्न पाईने भएको छ । केहि दिन अघि मात्रै चलचित्र "सकुन्तला"मा समाबेस तिज गीत सार्बजानिक पछी पाएको राम्रो प्रतीर्क्रीया पछी निर्माण युनिटले केहि दिन अगाडि नम्रता सापकोटाको हट डान्स समेटिएको गित सार्वजनिक गरिएको छ ।
डा कृष्णहरी बरालले लेखेको यस गीतमा गायिका दुर्गा खरेलको आवाज र अर्जुृन पोखरेलको संगित रहेको छ । गीतमा माइकल चन्दको कोरियोग्राफी रहेको छ ।
फिल्म "सकुन्तला" युनिटले फिल्ममा समाबेस हट आइटम गीत "कोहि छ " सार्बजनिक गरेको छ । प्रदर्शनको लागि जम्मा ९ दिन बाँकी रहंदा निर्माण युनिटले फिल्ममा समाबेस गीत सार्बजनिक गरको हो ।
निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा तयार भएको यस फिल्म ग्रीन हिल भी एफ एक्स मिडियाको प्रस्तुतिमा महेश्वर खत्री, श्रीप्सा खत्रीले फिल्म निर्माण गरेका हुन् । फिल्ममा महानायक राजेश हमाल संगै किशोर खतिवडा, अनु शाह,रबि गिरी, रबिन्द्र बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । राजेशको महिला स्वरुप र लुक्सकै कारण पनि सकुन्तला निकै चर्चामा रहेको छ । फिल्म यहि भाद्र ९ गते देखि देशैभर एकै साथ् प्रदर्शनमा आउने भएको छ ।

Watch Once
Post a Comment