यस्तो पो तीज गीत, नाच्ने अनि नचाउने… (भिडियोसहित)

काठमाण्डु– गायिका टिका प्रसाईंको स्वरमा सजिएको ‘चलेछ मग मग वासना’ बोलको तीज गीत बजारमा आएको छ । तीज नजिकिँदै गर्दा पछिल्लो समय नेपाली बजारमा तीज गीतको विशेष रौनक छाएको छ । यसै सन्दर्भमा गीतकार गोबिन्दप्रसाद उपाध्यायको रचनामा सो गीतिभिडियो बजारमा आएको हो ।

गीतमा नेपाली संस्कृतिको मौलिक पाटोलाई उतारेर सोही कीसिमको गीतिभिडियोसमेत तयार पारिएको गायिका प्रसाईं बताउँछिन् । नेपाली मौलिकता र संस्कृतिको जगेर्ना गर्दै तीजलाई नेपाली चेलीमाझ विशेष बनाउन सो गीतिभिडियो ल्याएको उनको भनाइ छ ।
नारायण रिजालले निर्देशन, बिरेन्द्र भाट बिपिनको सम्पादन र अनिष श्रेष्ठको संगितमा सजिएको गीत शिव कैलाश कला मन्दिरले प्रस्तुत गरेको हो ।

गीतिभिडियोमा नायिका रिस्ता बस्नेतसँगै प्रसाईं र रेनुका रिजालको अभिनय रहेको छ । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |