सांगितक आकाशामा ओम सुनारको "मायाँको घर" / भिडियोमा राज र मेका (भिडियो रिलिज)

नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक ओम सुनारको आवाजमा नयाँ सांगीतिक कोशेली "मायाँको घर " सार्बजानिक गरिएको छ । गायक ओम सुनारको आवाज र संगीतमा तयार भएको यस गीतको भिडियोको छायांकन मलेसियाको बिभिन्न स्थानहरुमा गरिएको छ । सार्बजनिक गीतमा शब्द सन्दिप घमालको रहेको छ ।
राज भुजेल ,,मेका मगर र खडक बहादुर सुनारको अभिनय रहेको यस भिडियो लाई गीतकार सन्दिप घमालले नै निर्देशन गर्नु भएको छ । आफ्नै शब्दमा  भिडियो निर्देशन गर्दा निकै सजिलो हुने रहेछ , मैले जुन कोसिस गरेको छु त्यो सफल भएको मैले बिश्वास लिएको छु ।   केहि कठिन पक्कै भएको छ  बिदेशी भूमिमा भनेको जस्तो लोकेसन नामिल्न्नाले केहि गाह्रो भने पक्कै भएको छ , तर म सफल भएको छु ।
आधुनिक फ्लेबरमा आलाप सहितको यस गीतलाई सांगीतिक भाषामा सेमी क्लासिकल गीत भनिन्छ गयाक ओम सुनारले हामि संग भने । गायक सुनारले गीतलाई निकै न्याए गरेका छन् । सुनारले थुप्रै नेपाली चलचित्र र आधुनिक गीतमा आफ्नो आवाज दीईसकेका छन । उनले सफल नेपाली फिल्म "बुद्द ब्रन इन् नेपाल " नमस्ते नेपाल " नेप्टे " रफ्तार ' कुर्बान लगायत दूई दर्जन भन्दा बढी चलचित्रहरुमा आफ्नो सांगितक आवाज दिइसकेका छन् । सार्बजनिक गीत "मायाँको घर "  शब्दले जति श्रोता लाई तान्छ त्यसतै गीतको आवाजले पनि उत्तिकै आकर्षित गर्छ । गितको चर्चा गर्दा २ दिनमा नै युटुब भियोर्स १२ हजार पुगेको छ यसबाट पनि म सफल भएको छु ' गीतकार घामले हामि संग भने । ।
सम्पूर्ण छायानाकन मलेसियामा गरिएको यस गीतमा सम्पादन दिनेश शाहले गरेका छन् ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |