अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले राष्ट्रकवि माधव घिमिरेको ९८ औ जन्मोत्सवको अवसरमा "अनेसास राष्ट्रकवि माधव घिमिरे गीत पुरस्का" को स्थापना गरेको छ ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले बताएअनुसार सो पुरस्कार नेपाली गीत सिर्जना, सङ्गीत र गायनको क्षेत्रमा योगदान पुर्याउने मध्धे एकजना स्रष्टालाई प्रदान गर्ने नीतिनुसार यो बर्ष वरिष्ठ गीतकार किरण खरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारमा नगद एक्काईस हजार र सम्मानपत्रको ब्यवस्था गरिएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको निर्णायक समितिको बैठकले सो निर्णय गरेको हो । निर्णायक समितिका अन्य सदस्यहरुमा क्रमशः वरिष्ठ गीतकारहरु प्राज्ञ उन्नती बोहरा शीला र उषा शेरचन रहनु भएको छ । पुरस्कारको लागि प्राज्ञ उन्नती बोहरा शीलाले एक लाखको अक्षयकोषको स्थापना गर्नु भएको छ ।

Watch Once
Post a Comment