लष्चाँदीको घेराबाट देखिएको कर्णाली

आँसुको रारामा डुब्दाडुब्दा कर्णालीले हाँस्न बिस्र्यो, सायद । न काञ्जिरोवाले थिच्यो, न कर्णालीले बगायो, न फोक्सुन्डोले डुबायो कर्णालीबासीका सुख र समृद्धिलाई । तर, भनिँदैछ समृद्धि नदीमा बग्छ ! तालमा डुब्छ ! हिउँमा कठ्याङ्ग्रिन्छ ! पसिनामा ओइलाउँछ ! र त्यो पहाड उक्लन्न । 
कर्णालीमा सुखका फुल फल्दै फलेनन् । बदलामा दुःख बनमारा भएर झाङ्गियो । भोगिएकै कथा हो चाँदीको घेरा ! सुन खानीमा नुन खोज्ने कर्णालीको कथा हो चाँदीको घेरा । दुःखमा सुख देख्ने आँखा हो चाँदीको घेरा ! हाँसो फलाउने जमर्को हो चाँदीको घेरा नरेश भण्डारीद्धारा लिखित पुस्तक यो पुस्तकलाई सद्भाव ः अ ग्लोरी अफ थिएटरले केही दिन देखी नाटकका रुपमा नेपाल पर्यटन बोर्डमा संचालन गरीरहेका छन् । विशेष गरी सुदुरपश्चिमका जनताहरुले भोग्नु परेको भोगाइलाई यस नाटकमा प्रस्तुत गर्न खोजीएको छ । हाम्रो देश नेपाल प्राकृतिक, साँस्कृतिक सम्पदाले भरिपूर्ण देश भए पनि हामी नेपालीहरु विविध कारणले अझै पनि प्रयाप्त मात्रामा लाभान्वित हुन सकेका छैनौं । अझै भनौं समृद्धिको सपना हाम्रा लागि मृगतृष्णा झैं भएको छ । यसमा पनि मूलतः सापेक्षिक रुपमा कर्णाली उपेक्षाको चक्रव्यूहहरुमा निस्सासिरहेको छ । अहिलेसम्म कर्णालीलाई गरिबी र अशिक्षाको पर्यायको रुपमा हेर्ने गरिएको छ । तर, कर्णाली ः पीडाको समुन्द्र नभई सम्भावनाको मानसरोवर हो । त्यहाँको  प्राकृतिक र साँस्कृतिक सम्पदाले देशकै समृद्धिको दैलो उघार्ने सामथ्र्य राख्दछ । कर्णालीका यही विषयवस्तुलाई उठान गरेको सुन खानीमा नुन खोज्नेहरुको कथा हो– नाटक चाँदीको घेरा ।
चाँदीको घेरा नाटकलाई टिकाभक्त जिरेलले निर्देशन गरेका हुन् भने राम के.ए.सी., शिवप्रसाद अधिकारी, हेमन्त अर्याल, नीतु पोखरेल, ध्रुवसागर थापा, अमृता खनाल, महावीर विश्वकर्मा, जितेन्द्र खड्का (सिमन), रामकृष्ण तिमल्सिना (आर.के.), भीष्म जोशी, शिक्षा के.सी.,आकांक्षा जि.सी.,रिदम श्रेष्ठ (बाल कलाकार) कलाकारहरुले उत्कृष्ट अभिनय गरेको यस नाटकमा देख्न सकिन्छ ।
कर्णालीलाई मात्र पढेका र सुनेका कलाकारहरुको लागि कर्णालीको भाषामा सँगै घुल्नु साँच्चै सहज विषय थिएन । फेरी पनि अहोरात्र मिहेनत गरेर उनिहरुले यसलाई सहज बनाउन कोसिस गरेका नाटकका निर्देशकले बताएका छन् । नेपाल पर्यटनबोर्डले भ्रमण वर्ष ०७३ को प्रबर्धनका लागी पनि यस नाटकलाई प्रदर्शनार्थ सहयोग गरेको हो । भोली सम्म चल्ने यस नाटकलाई दर्शकहरुले अझै साथ दिनेमा नाटकको समुह विश्वस्त देखीएको छ ।  – राम ढकाल 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |