स्व. गायिका मन्जु महतलाई मरणोपरान्त सम्मान गरिँदै

सवारी दुर्घटनामा परी ज्यान गुमाएकी लोकगायिका स्व। मन्ज महतलाई पोखरामा मरणोपरान्त सम्मान गरिने भएको छ ।
आदर्श कला केन्द्रले आफ्नो २१ औं बार्षिकोत्सवको अवसर पारेर शनिबार पोखरामा गर्न लागेको विशेष सांगीतिक साँझको अवसरमा गायिका महतलाई मरणोपरान्त सम्मान गरिने भएको हो । महत कला केन्द्रकै विद्यार्थी थिइन् । साथै केन्द्रले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गर्नेछ ।


दिउँसो तीनबजेदेखि पोखरा सभागृहमा सुरु हुने कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने संगीतकार जय कुमार परियारले जानकारी दिए । सांगीतिक साँझमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियारसहित सुगम संगीतका चर्चित गायक मनोजराज र जय कुमार परियारको प्रस्तुती रहनेछ ।

सांगीतिक साँझका प्रमुख अतिथीका रुपमा नेपाली चलचित्र संगीतका चर्चित संगीतकार प्रकाश गुरुङ्गको आगमन रहने प्रचारप्रशार संयोजक मन क्षेत्रीले जानकारी दिए । गुरुङ्गले नेपाली चलचित्र ‘झुमा’, ‘सडक’, ‘आन्दोलन’, ‘आघात’ ‘भगवान’ आदीमा संगीत दिएका छन् ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |