गोरेटो फरक रहेछ... भन्दै सुदिप

‘लोभै लागेछ’, सर्माउँदा’ ‘सक्षम’ र ‘विश्वास’ जस्ता एल्बमबाट दर्शक÷स्रोताको मन मस्तिकमा राज गर्न सफल गायक सुदिप शाही ठकुरीले उनको एकदशकको गायन यात्रामा दर्जनौ गीत गाएका छन् । अहिले उनले आफ्ना प्रिय स्रोता दर्शकलाई ‘गोरेटो फरक रहेछ...’गीतको भिडियो सार्वजनिक गरेका छन् । 
। तिलक खत्रीको शब्द रहेको गोरेटो फरक रहेछमा निराजन प्रधान, वेनिश भण्डारी र आशा गौतमले अभिनय गरेका छन् । यो गीत सुदिपको एल्बम विश्वासमा रहेको छ । धिरजजंग शाहले छयाँकन गरेको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन र शैलेन्द्र खोकलीले निर्देशन गरेका हुन् । उनका चोट लुकाई मुटुमा, रुप फे¥यौ रङ फे¥यौ, तिमी आखाँ म नानी ‘धरैपछि म आको’लगायतका गीतका म्युजिक भिडियो अस अघि नै निकै चर्चित रहेका छन् ।
देश बाहिर बस्दै आए पनि नेपाली कला संस्कृतिमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएका सुदिपले नेपाली सांगीतिक फाटलाई अझ फराकिलो बनाउन लागि परेका छन् । पहिलो एल्बम ‘लोभै लागेछ’ को शीर्ष गीतबाट गायकको पहिचान बनाएका ठकुरीले त्यसपछि पछाडि फर्किएर हेर्नु परेको छैन । त्यसो त उनका सबै गीतलाई निक्कै मन पराइए पनि एल्बम ‘सक्षम’को ‘तिमी आँखा म नानी...’ बोलको गीत निकै लोकप्रिय भएको थियो ।
अहिले सार्वजनिक भएको ‘गोरेटो उही...’गीतको भिडियोबाट आफूले धेरै अपेक्षा लिएको सुदिप बताउँछन् । गीतलाई धेरै स्रोताले मन पराउनु भएको थियो अब भिडियो आएको छ यसलाई अझ मन पराउने उनी दाबी गर्छन । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |