तारा प्रकास लिम्बुको स्वोरमा "तिम्रो घरको बाटो.." रिलिज


चर्चित संगीतकार तारा प्रकास लिम्बुले गायको "तिम्रो घरको बाटो.." बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्वजानिक गीतमा संगीत लिम्बु कै रहेको छ भने गीतको शब्द भने किरण टि लिम्बुले लेखेका हुन् ।


दिपेन्द्र केसीको निर्देशनमा बनेको गीतको भिडियोमा सृजना पोखरेल, प्रसुपति चौगाई र सागरको अभिनय रहेको छ । भिडियोमा दुई फरक समाजका प्रेम जोडीको माया देखाउन खोजिएको छ ।
शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।शाहस शाक्यको एरेन्जमा प्रोडुसर नेपालले उक्त भिडियोको पोस्ट प्रोडक्सन गरेका हुन्।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |