अमेरिकामा बिनिता , नेपालमा गित रिलिज

काठमाडौं— नायिका बिनिता बरालले अभिनय गरेको पछिल्लो चलचित्र ‘परदेशीको उमंग’ प्रदर्शनको संघारमा छ । कात्तिक १२ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको एउटा गीत ‘हिन्दु बौद्ध...’ (जे जे नि बन्न सक्छु ) गीत सोमबार यूट्युबमार्फत प्रिमियर गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतको यो गीतमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन छ । चलचित्रका निर्देश्ँक शिव शर्माको कोरियोग्राफी रहेको यो गीतमा नायिका बिनिता बराल तथा नायक कुमार बिसीले आकर्षक नृत्य गरेका छन् ।
 कुमार बिसीद्वारा निर्मँण गरिएको यो चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो चलचित्रको अधिकांश छायांकन दुबईमा गरिएको छ । ‘परदेशीको पीडा कि त भोग्नेलाई थाहा हुन्छ कि चलचित्र परदेशीको उमंग हेर्न दर्शकलाई थाहा हुन्छ’ भन्ने नारा बोकेको यो चलचित्रमा मनमा उमंग बोकेर विदेशिएको परदेशीको कथाव्यथा समेटिएको निर्देश्ँक शिव शर्माको दावी छ ।
यस्तो छ भिडियो ः

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |