नायिका तथा मोडल श्रीया कार्कीको नयाँ म्युजिक भिडियो 'झुक्याएरै किन होला' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मोफसलमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा लागी रहेका गायक नितिन गजुरेलको सुमधुर स्वरमा सजिएको उक्त गीतमा नायिका श्रीयाको साथमा नवमोडल प्रभात र रोजाले पनि अभिनयमा साथ दिएका छन्।
तिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियो पि. एन. पि. मिडिया प्रा. लि. ले आफ्नो युटुब च्यानलमा सार्वजनिक गरेको हो। थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक, गायक तथा संगीतकार रायन कार्कीको यो ५१औ निर्देशन हो। नीर भिमको शब्दमा मनिष प्रसाईको संगीत रहेको यस गीतको भिडियोको छायाँकार सुमित नेपाल हुन् भने सम्पादक दिपक बिष्ट रहेका छन्।
Watch Once
Post a Comment