गायक संघर्ष सत्ता कृष्णको 'भाषा' बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत स्वयं गायक कै रहेको छ । गीतको एरेन्ज गोपाल रासाईलिले गरेका छन् ।

भिडियोमा दुई नयाँ कलाकार दिपिका थापा अनि सागर पौडेलको फिचरिंग रहेको छ । दिपेन्द्र केसीले भिडियोको निर्देशन गरेका हुन्, भिडियो अलि फरक बनाउने कोशिश गरिएको छ । जसमा कल्पनाकी परी संगको प्रेमको खोजी देखाईएको छ । गायक संघर्षले यो गीत आफ्नो दिवंगत भाईको सम्झनामा समर्पण गरेका छन् । रामकुमार केसीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । देव डी फिल्मस्ले भिडियो निर्माण गरेको हो ।
Watch Once
Post a Comment