दिनेश भण्डारीको ‘पर्खाई’ सार्वजनिक

काठमाडौं— झन्डै २२ वर्षअघि नै आधुनिक शैलीको एउटा गीत रेकर्डिङ गर्दै सांगीतिक क्ष्ँेत्रमा सक्रिय भएका गायक दिनेश भण्डारीले गाएका आधुनिक गीतहरुको पहिलो एल्बम ‘पर्खाई’ आइतवार काठमाडौंमा लोकार्पण गरिएको छ । चलचित्र अभिनेताहरु रमेश उप्रेती, अर्जुन श्रेष्ठ, निर्देशक निर्मल शर्मा, टेलिभिजनकर्मी रवि लामिछाने, निर्मँता विनोद मानन्धर, विज्ञापन व्यवसायी निर्मलराज, गायक अमर तण्डुकारसहितको समुहले उक्त एल्बम विमोचन गरेको हो । विमोचित एल्बममा अमर तण्डुकार तथा टीका भण्डारीद्वारा संगीतबद्ध ७ वटा गीतहरु
समावेश छन् । एल्बमका गीतहरु विनोद रोक्का, भावेश भुमरी, डा.नवराज लम्साल, अर्जुन घिमिरे तथा लालीजंग रावलले रचना गरेका हुन् । विमोचन एल्बममा समावेश ‘मृग नयनी...’ गीतको म्युजिक भिडियोको प्रँेमो समेत प्रिमियर गरियो । भिडियोको निर्देश्ँन निर्मल शर्माले गरेका हुन् । लामो समयदेखि अमेरिकामा रहेका गायक भण्डारी अमेरिका रह“दा पनि सांगीतिक कर्ममा सक्रिय रहेका छन् । 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |