‘ट्रंक शो’ मार्फत डिजाइनर नीलडेभिडका पहिरन प्रदर्शन

काठमाडौं— सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गर्दै अब आफू फेसन डिजाइनरको रुपमा समेत सक्रिय भएको घोषणा गरेका छन् । विगतमा भारतको दिल्ली ईन्टरनेशनल इन्स्टिच्यूटबाट फेसन डिजाइनिङ कोष गरेर एउटा सफल फेसन डिजाइनर बन्ने सपना देखेका नीलडेभिड आइतबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरेका हुन् ।
‘ट्रं्क शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन् । आइतबार प्रदर्शन गरिएका पहिरनमा नीलडेभिडले पर्सियन डिजाइनहरु प्रस्तुत गरेका छन् । यी पहिरनहरु तयार पार्न नीलडेभिडले भारतको कोलकाताका स्थापित फेसन डिजाइनर अनु खेमाकासंग सहकार्य गरेका छन् । ‘एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड’ अब चा“डै नै काठमाडौंमा सञ्चालन हुने नीलडेभिड कटवालले स्पष्ट पारेका छन् ।
फेसन शोकै शैलीमा डेढ दर्जन नेपाली व्यवसायिक मोडलहरुले ती पहिरनहरु प्रदर्शन गरेका हुन् । ट्रंक शोको शोजस्टरमा नायिका गौरी मल्ल तथा पूजना प्रधान रहेकी थिइन् । उनीहरुले अन्य मोडलहरुसंगै  एनडिके एण्ड सिफन ब्रान्ड लगाएर ¥याम्पमा क्याटवाक गरेकी थिइन् ।
आफ्ना डिजाइनहरुको पहिलो शोमा नीलडेभिडले ओमन्स वेयरलाई प्रँथमकिता दिएका छन्, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्तासहितका डिजाइनरहरु समावेश छन् । एनडिके एण्ड सिफनको अर्को फेसन शो अक्टोर १४ का दिन कोलाकाताको ताज बंगाल होटलमा सम्पन्न हुनेछ ।
नीलडेभिडले एनडिके एण्ड सिफ ब्राण्डलाई नेपालमा स्थापित परेर अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मौलिकता लाई विशेष ध्यान दिएर नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य लिएका छन् ।
हेयर एण्ड ब्युटिमेकअप स्टुडियोको साथै भविष्यमा फेसन डिजाइनिङको कलेज पनि खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ कोर्ष नेपालमै सिकाउन नीलडेभिडको योजना रहेको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |