युवा पप गायक साहिल खड्का अहिले आफ्नो दोश्रो एल्बमको तयारीमा रहेका छन् । उनले हालै मात्र आफ्नै संगीत ,स्वोर र सब्दमा सजिएको गीत "तिम्रो मनमा" सार्बजानिक गरेका छन् । सार्बजनिक गरिएको छोटो समयमा नै गीतले राम्रो लोकप्रियता हात पनि पार्न सफल भएको छ । सामाजिक संजाल युटुब मार्फत सार्बजानिक गरिएको भिडियो गीत "तिम्रो मनमा " मा लाई अष्ट्रेलियामा छायांकन गरिएको छ । सम्झना तामाङ र केदार बरुवाल लाई फिचारिगं गरिएको गीतमा अभिनय पनि गीत जत्तिकै तारिफ योग्य रहेको छ । लिप सिङमा गायक साहिल खड्का लाई पनि देखाईएको छ ।
पहिलो एल्बम 'प्रियसी' को सफलता पछि 'प्रियसी २' एल्बमको तयारीमा रहेका साहिलका लागि यो गीतले पाएको सफलता उनको दोश्रो एल्बमका लागि सफताको सिडीको रुपमा पनि लिन सकिन्छ । संगीत संयोजन टंक बुढाथोकीको रहेको गितमा प्रेमीको एकतर्फी मायाँलाई गरिएको वेवास्ता र बिछोडको पिडा र सम्झनालाई देखाउन खोजिएको छ ।

Watch Once
Post a Comment