फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले पछिल्लो पटक सानु महर्जनको जब देख्छौ मलाई बोलको गीतको म्युजिक भिडियो छायांकन सकाएका छन् | सानु महर्जनको आफ्नै शब्द-स्वर र संगीतमा रहेको यस गीतमा यसपटक नाटकका चर्चित कलाकारहरु आना देउजा र मनिष निरौलालाई लिएर नबिन ले म्युजिक भिडियो छायांकन गरेका छन् | म्युजिक भिडियोमा चलेको अनुहारलाई छोडेर नाटकका कलाकार लिनुमा नबिन भन्छन् यो अलि स्टोरीबेषमा भएकोले अभिनयको खाँचो परेकोले नाटकका कलाकार लिएको सुनाए | यस्तै नाटकका राम्रा कलाकार दुवै जना नाट्य क्षेत्रमा भने चिनिएकै अनुहार हुन् | एक्टर्स स्टुडियोका कलाकार निरौलाले नाटक बाहेक केहि म्युजिक भिडियो तथा ठुला चलचित्रमा समेत काम गरिसकेका छन् भने देउजा ले झन्डै दर्जन नाटकमा मुख्य भूमिका निभाई सकेकी छिन् | पछिल्लो समय म्युजिक भिडियो , छोटा चलचित्र तथा वृत्तचित्र निर्माणमा सक्रिय नबिनले यसअघि पनि निकै राम्रा म्युजिक भिडियो हरु दिइसकेका छन् |
Home » musicmandu » आना र मनिष निरौला द्खिए नबिनको म्युजिक भिडियोमा
आना र मनिष निरौला द्खिए नबिनको म्युजिक भिडियोमा
By Chitra Khabar • 2:02:00 AM • musicmandu • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)
Watch Once
Post a Comment