म्युजिक नेपाल बिरुद्ध कानुनी लडाईं लाड्ने तयारिमा गायक अविनाश घिसिङ / यस्तो छ कारण

राजु बोहरा//
काठमाडौँ । केहि समय अगाडी चर्चित गायक अविनाश घिसिङले आफ्नो पछिल्लो एल्बम ” गाउँ छेउमा ” समावेश चुइ चुइ चुइकने जुत्ताको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । जयनन्द लामाको शब्द संगीतमा रहेको उक्त गीतलाई उनले रिमेक गरेर निकालेका हुन् । जयनन्द लामा संग कानुनी रुपमै आफुले लिएको यस गीतलाई म्युजिक नेपालले कपिराइट क्लेम गरे पछि उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफु कानुनी प्रकृयामा जाने बताएका छन् । फेसबुकमा गायक तथा संगीतकार जयनन्द लामासंग गरिएको सम्झौतापत्रको प्रति संगै उनले लेखेका छन् –यो कलाकार प्रतिको शोषण र अपमान हो यसको घोर विरोध गर्दै म कानुनि प्रकृयामा जान्छु ।
उनले आफ्नो स्टाटस मा , यो म्युजिक नेपाल जस्तो कलाकार शोशन गर्ने म्युजिक कम्पनी कही कतै देखिन । मेरो बरखरै आएको नयाँ म्युजिक भिडियो आदरणिय दाई जयनन्ढ लामा सित स्विकृत लिएको ( चुई चुई चुईकने जुत्ता ) बोलको गीतलाई म गायक अविनाश घिसिङ दा्रा स्वर बद्दा गरिएको छ ॥ र ऊहाँको लागेको रकम असुल गरिएको म सँग कागज पत्र सहित हुदा हुदै पनि कपीराईट कल्यम गरेको म सर्वजनिक रूपमा म्युजिक नेपालको कलाकार पर्तिको शोशन र अपामानलाई घोर बिरोध र कानुनी प्रक्रियामा लाग्ने घोशना गर्दछु… अब बल्ला ठाँऊमा पारेको छ । सबै नेपाली कलाकार अन्य कलाकारलाई जस्तो मौन र कामजोर बस्दैन भनेर साबक सिकाएरै छोड्छु हेर्दै जाऊ……म्युजिक नेपालको शोशक सन्चलक..
भनेर लेखेका छन् ।
गायक अभिनाशले यस बिषयमा अन्य कलाकारहरु शोषित भएर पनि मौन बसेको बन्दै आफु कम्जोर बनेर नबसी कानुनी प्रकृयामा गएर सबैलाई सिकाएर नेपाली गीत संगीतको क्षेत्रमा थोरै भए पनि परिवर्तन ल्याएर छाड्ने उनले अडान लिएका छन् ।
चुई चुई चुईकने जुत्ता बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |