गायक सुनिल सिंह ठकुरीको नया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिन अघि सार्वजनिक' लच्किने कम्मर'बोलको गीतलाई अहिले दर्शक तथा स्रोतले निकै मन पराएका छन् ।
'जानी न जानी' एल्बममा समाबेश यस गीतलाई राज कुमार घिमिरेले लेख्नु भएको हो भने संगीत इन्द्र आरपीको रहेको छ ।युवा पुस्तक चलेका गायक ठकुरीको यस गीतको भिडियोलाई म्युजिक भिडियो निर्देशक निकेश खड्काले निकै सुन्दर तरिकाले भिडियो निर्माण गरेका छन् ।गीतमा नायिका सुर्बिना कार्कीलाई हट तथा सेक्सी अबतारमा देख्न सकिन्छ ।
भिडियोमा सुर्बिना सगै रमेश घिमिरे ,जोर्डन ,रोजी र माया लाई पनि फिचरिंग गरिएको छ ।यस आइटम गीत दर्शकको मुखमा छिटो बस्न सक्ने भन्दा यस गीतले आफुले नेपाली सांगेतिक क्षेत्रमा अझै माथि पुराउने गायक सुनिल सिंह ठकुरीको विश्वास रहेको छ ।गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ । त्यस्तै गायक सुनिल सिङ ठकुरिले कथाकार तथा निर्देशक शिभम अधिकारिको निर्देशनमा चलचित्र "लब क्याफे" निर्माण गर्ने भएका छन् । चलचित्रको छायांकन छिट्टै हुने उनले बताए ।

Watch Once
Post a Comment