यस्तो छ निराजन र मिराको रोमान्स / एन बि दाहालको गीत (भिडियो )

नेपाली सुगम संगीतका पुराना गायक , संगीतकार तथा गीतकार एन बि दाहालको नयाँ म्युजिक भिडियो 'तिम्रो दिल चोरेकै हो ..' रिलिज भएको छ । लामो समय देखी अमेरिकामा बसोबास गर्दै आउनुभएका एन बि दाहाल आँफैले शब्द तथा संगीत दिएको यस् गीतको म्युजिक भिडियोमा मोडेल निराजन प्रधान र नायिका तथा गायिका मिरा गुरुङलाई देख्न सकिन्छ ।
नेपाली संगीतमा ३ दसक भन्दा बढी समय देखी सकृय एन.बि. दाहाल गायक, गीतकार र संगीतकारको रुपमा परीचित हुनुहुन्छ । निराजन पछील्लो समयमा ब्यस्त मोडेल हुन भने मिरा गुरुङ , गुरुङ भाषाको चलचित्रकी अभिनेत्री हुन । उनी पछील्लो समय गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन् । गायिका तथा मोडेल मिरा गुरुङको म त गुरुङको छोरी र मायालाई भने दुई भिडियो रिलिजको तयारीमा छन ।
"आर्टिस्ट नेपाल प्रोडक्सन"को ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका हुन । म्युजिक भिडियो निर्माण तथा बिज्ञापन निर्माणमा सकृय ढुंगेलले यस् भिडियोलाई पोखरा तथा काठमाण्डौंको मसला कटेजमा सुट गरिएको बताउछन । अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको यस् गीत तथा भिडियोलाई 'आर्टिस्ट नेपाल नेटवर्क'ले बजार ब्यबस्थापन गर्न लागेको हो । म्युजिक भिडियोमा २ प्रेमी प्रेमिका बिचको रोमान्सलाई कलात्मक ढंगबाट उतारिएको छ ।
हेर्नुहोस् , भिडियो पनि - 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |