बिदेशमै बसेर भए पनि नेपाली गित संगितमा आफ्नो योगदान दिदै आएका सर्जक कृष्ण बरालको आधुनिक गित नभईदेउन टाढा प्रियको भिडियो सार्वजानिक भएको छ ।
गितमा गहिरो प्रेममा परेका प्रेमीले आफ्नी प्रेमिकालाई टाढा नभईदिन अनुनय बिनय गरेका छन् । भिडियोमा मोडल अनुज चिलुवाल र प्रतिक्षा खतिवडा फिचरिड. भएका छन् । पछिल्लो समयमा नेपाली म्युजिक भिडियोमा राम्रो चर्चा बटुल्न सफल अनुजले यो भिडियो बाट अझै आफ्नो अभिनय यात्रामा थप टेवा पुग्ने विश्वास लिएको बताएका छन् । प्रमोद खरेलको स्वरमा सजिएको उक्त गितमा संगित रमेश कडरियाको रहेको छ भने सुमन क्षेत्रीले एरेन्ज गरेका छन् । रंग पत्रकार स्वस्तिका चिलुवालको शब्द रहेको उक्त गितलाई एस.ए भिजन कम्पनिले बजारमा ल्याएको हो ।

Watch Once
Post a Comment