गायक कृष्ण काफ्लेले गीतकार एवं संगीतकालाई रोयल्टी दिने कार्यको शुरुवात
गरेका छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा गायकले गाएर पारीश्रमिक लिने तर
गीतकार र संगीतकारहरु उपलब्धिविहिन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एककदम
माथि उठेर काफ्लेले भने रोयल्टीको प्रथा शुरु गरेका छन् । पछिल्लो चरण चलचित्र
छक्का पञ्जाको ...देखन चम्पा सुनन् चम्पा.. निकै चर्चामा छ । गायक कृष्ण
काफ्ले पनि यसै गीतका कारण निकै चर्चामा छन् । यसै गीतका गीतकार शान्तिप्रिय र
संगीतकार दिपक शर्मालाई काफ्लेले रोयल्टि दिएका हुन् ।
आफ्नो गीत चर्चित भएको र चर्चित भएसंगै विभिन्न स्टेज कार्यक्रममा आफूलाई मान
सम्मान दिन बोलाउनेको जमात बढ्दै गइरहेकोमा गीत÷संगीत चर्चित हुनुमा गीतकार र
संगीतकारको प्रमुख भूमिका हुने भएकोले रोयल्टी प्रथाको आफूले शुरुवात गरेको
काफ्लेले बताए । काफ्लेका अनुसार आगामी दिनमा पनि आफूले गाउने गीतको
श्रष्टालाई रोयल्टी नियमित गर्ने उनले बताए ।
यसै साता मात्र काफ्लेले दाङमा आयोजित स्टेज कार्यक्रम गरेर फर्किएका थिए ।
गायक काफ्लेले आफूले पाएको पारीश्रमिकबाट गीतकार र संगीतकारलाई १५÷१५ प्रतिशत
दिन थालेका हुन् । नेपालमै यस किसीमको कार्य गर्ने गायक काफ्ले प्रथम व्यक्ति
बनेका छन् । उनको प्रयासलाई स¥हाहना गर्नैपर्छ ।
--
Home » musicmandu » चलिरहेको अवस्थाबाट एककदम माथि गायक कृष्ण काफ्ले / गरे रोयल्टीको शुरुवात
चलिरहेको अवस्थाबाट एककदम माथि गायक कृष्ण काफ्ले / गरे रोयल्टीको शुरुवात
By Chitra Khabar • 6:12:00 AM • musicmandu • Comments : 0
Subscribe to:
Post Comments
(
Atom
)
Watch Once
Post a Comment