नेपाल चलचित्र कलाकार संघको बर्तमान कार्यसमितीका सदस्य तथा कलाकार डि बि बम्जनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनीक भएको छ ।
चर्चित गायिका मेलीना राईको स्वर रहेको "फुल सबै झरेर..." बोल रहेको गितमा सँगीत भर्ने काम टिका बम्जनले गरेका छन् । बुद्ध लामाको शब्द रहेको यस गीतको भिडियोमा डि बि लाई फिमेल मोडल स्वीटी चन्द र सरु शिह ठकुरीले साथ दिएका छन । भिडियोमा सुमन कोईरालाको छायान्कन , सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियो लाई हरि मल्लले निर्देसन गरेका हुन ।
Watch Once
Post a Comment