मोडल अनिताको "ढाट्ने बानी छैन" सार्वजनिक (भिडियो सहित)

पछिल्लो समय कलाकारिता र मोडलिङ्गमा जम्दै गरेकी मोडल आनिता बैजु (आरुशी) बैजु द्वारा अभिनित लोक गित "ढाट्ने बानी "छैन बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय चर्चित टेलि सिरिएल "मेरि बास्सै" मा पनि अभिनय सुरु गरेकी मोडल अनिताको आधा दर्जन बढी म्युजिक भिडियोमा अहिले चर्चामा छ । विशेष गरेर आफुलाई राम्रो नृत्यकार मान्ने अनिताको यो भिडियोबाट लोक गीतको भिडियोमा राम्रो पाईला हुने उनी बताउछिन।
सार्वजनिक गीतमा शंकर बुझेलको शब्द सङ्गितमा तोप साहि र कोपिला छिनालको आवाज रहेको छ । झरना सङितले बजार ब्यबस्थापन गरेको यस गीतमा रत्न बानियाको निर्देसन र दिनेस मुस्कानको छायान्कन तथा सम्पादन रहेको छ । गीतमा मोडल अनिता बैजु संगै राज सुबेदिको पनि अभिनय रहेको छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |