अर्पणा संगै सुगम पोखरेलको स्वोर / सचिनको निर्देशनमा भिडियो सार्वजनिक (भिडियो सहित )


पछिल्लो समयको निकै चर्चित गायिका अर्पना श्रेष्ठ नयाँ एल्बम ” पुर्णेको जुन ” लिएर बजारमा आएकी छिन । करिब ५ बर्ष पछि विश्राम पछि उनी पुन नयाँ  एल्बम "पुर्णेको जुन" मार्फत दर्शक श्रोता माझ आएकी छिन ।
गायिका अर्पना श्रेष्ठ लाई पुर्णेको जुनमा गायक सुगम पोखरेलले साथ दिनु भएको छ । सार्वजनिक गितमा संगीत महेश ज्ञवालीको रहेको छ भने शब्द युबराज काफ्लेले दिएका छन । त्यस्तै सार्वजनिक गीतको भिडियोलाई भने सफल म्युजिक भिडियो निर्देशक सचिन थापाले निर्देशन गर्नु भएकोछ, भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । यस गीत लाई लिएर गायक सुगम पोखरेल पनि निकै आशाबादी रहेका छन , उनी भन्छन "यो गीत बाट मैले पनि निकै आशा गरेको छु, गीतले राम्रो स्थान पाउनेमा ढुक्क छु " । त्यस्तै गायिका अर्पणा श्रेष्ठले पनि भन्नू हुन्छ " यो गीत मैले लामो समयको  अथक प्रयास पछि निकालेको छु गीत छोटो समयमा पनि निकै हिट बनेकोमा म निकै खुशी पनि छु" ।
त्यस्तै उनि उत्साहित हुँदै भन्छिन "आफ्नो साङितिक क्षेत्रको आफुले आईडल पर्सन मान्ने सुगम पोखरेल दाजु गङ्ग गीत गाउन पाउँदा निकै खुसी पनि छु" । अहिल गीत संगै भिडियोको पनि तारिफ भैरहेको छ ।

भिडोयो हेर्न क्लिक गर्नुहोश :

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |