लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीत 'सारङीको तार'सार्वजनिक / भिडियोमा रिमा धुर्ब

लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निकै मार्मिक मन छुने 'सारङीको तार'को गीतको भिडियो सार्वजनिक गरिएको हो  । भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत दिनु भएको हो।

'सारङीको तार'को बोलको यस गीतमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ ।चितवनको व्यसायमा आफ्नो छुट्टै स्थन बनाउन सफल युवा व्यवसायी धुर्ब केसीले यसै गीत मार्फत आफ्नो अभिनय यात्रा पनि सुरु गरेका छन् ।

यस गीतलाई दिपेन्द्र केसी  ले निर्देशन गरेका हुन् । नरेन्द्र  सिंह को छायांकन रहेको यस भिडियोलाई  चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको हो ।निकै मार्मिक मन छुने यस गीतलाई दर्शक स्रोतले आफ्नो पहिलाको गीत हरु जस्तै मन पराउने विश्वास गायक रामकृष्ण ढकालको रहेको छ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |