छिल्लो समय देश प्रेमका गीतहरु निकै गुन्जन थालेको छ । यस्तैमा गायक कर्णराज गिरीले पनि "यो देश रोइरहेछ.." देशभक्ती गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा समसामहिक बिषयबस्तु समेट्ने प्रयास गरिएको छ । नविन पन्तले निर्देशन गरेको भिडियोमा कलाकारलाई राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाक दौरा सुरुवालमा उतारिएको छ ।
केही कलाकार बिभिन्न जातीको पोसाकमा समेत देखिएका छन् । गीतमा बिजय बिक्रम बस्नेतको शब्द छ । भिडियोमा गायक गिरी सहित शकर पहारी, सन्तोश नेपाली, मनिस चौलागाई, सोनम शेर्पा, विशाल खनाल लगायत कलाकाको अभिनय रहेको छ । यस भन्दा पहिले "ह्याङ बनायौं" बोलको गीत सफल भएको थियो । https://www.youtube.com/watch?v=xpJc9Gwmj3c
Watch Once
Post a Comment