गत शुक्रबार अर्थात अशार ३० गतेबाट प्रदर्शनमा आएको निर्देशक सुदर्शन थापा निर्दशिेत सिनेमा " म यस्तो गीत गाउछु" ले अहिले नेपाली सिनेमाको ब्याबसायिक बजारमा नयाँ रेकर्ड कायम गर्दै अघि बढेको छ । सिनेमाले ब्याबसायिक बजारमा मात्र नभैइ आफुलाई निर्देशकिय पाटोको पनि तारिफ पाएको छ । सिनेमा मेकिङ्ग गर्ने कुरामा कुनै पनि किसिमको कम्परमाईज नचाहने निर्देशक थापाको निर्देशकिय जादुले अहिले सारा नेपालको हल हाउसफुल बनाएको छ । बिगत २० बर्ष देखी सिनेमा हल चलाउदै आएको राजधानिको अष्ट नारायण सिनेमा हलको इतिहासमा नै पहिलो पटक ३ बजेको शो मा ४ वोटै पर्दामा एउटा सिनेमा लागेको यो पहिलो रेकर्ड भएको बताए बि के फिल्मसका लागी बितरक गोपाल काजी कायस्थले । "कायस्थ भन्नुहुन्छ बास्सा हैन एक्का चलेको हो " । निर्देशक सुदर्शन थापा निर्देशित यस चलचित्रले नेपाली चलचित्रको ब्यापार मात्रै हैन सिनेमाको स्तर पनि माथी उठेको बितरकहरु बताउछन ।
शुक्रबार देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको सिनेमा शनिबार अलनेपाल हाउसफुल रहेको जानकारी आएको छ ।
राजधानीको गोपीकृष्णका ७ मध्येका ५ हल, गुणका ९ मध्येका ५ हल हाउसफुल भएका छन् । त्यस्तै गङ्गामा दिउसोको शोमा दुबै हलमा ‘म यस्तो गीत गाउँछु’ हाउसफुल भएका छन् । गंगाबाट अर्को सिनेमालाई उतारिएको छ । त्यस्तै राजधानीको अष्टनारायणका ४ ओटै हल ‘म यस्तो गीत गाउँछु’का दर्शकले भरिएका छन् । आफ्नै बितरण नभए पनि नेपाल चलचित्र सङ्का अधक्ष्री तथा एफ डिका सन्चलक प्रदिप कुमार उदयो फेसबुक स्टाटस बाट पनि यस कुराको पुष्टी हुन्छ । शुक्रबार बाट प्रद्रशनमा आएका दुबै सिनेमा हार्दिक बधाई ।
Watch Once
Post a Comment