फोल्वोरमा 'पञ्चेबाजा' / क्यामेरा फ्रन्टमा सौगात र कर्मा

सौगात मल्लले 'धौली' निर्देशक घनश्याम लामिछानेसँग नयाँ प्रोजेक्टका लागि टीमअप गरेका छन् । गत केहि दिन अघि राजधानीको कमलादीस्थित गणेश मन्दिरमा सिनेमा 'पञ्चेबाजा' शुभसाइत गरेर छायांकन सुरु गरिएको थियो ।
त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्ने सिनेमामा कर्म, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरेको समेत मुख्य अभिनय हुनेछ ।
‘स्क्रिप्ट राम्रो लाग्यो र खेल्ने निधो गरेँ’ साइत समारोहमा क्यामेरा र स्क्रिप्ट पूजापाठपछि अभिनेता मल्लले भने, ‘दर्शकले फिल्म रुचाउनुहुनेछ ।’ अभिनेत्री जस्मिनले पनि सौगातसँग स्क्रिन सेयर गर्ने आफ्नो इच्छा पुरा भएको बताइन् ।
त्रिकोणात्मक प्रेमकथामा सिनेमा निर्माण हुने निर्देशक लामिछानेले बताए । उनी निर्देशित सोसल ड्रामा 'धौली'लाई दर्शकले रुचाएका थिए । निर्माता राजेश शाही र सरु गुरुङसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । प्रदीप भारद्धाजको पटकथा एवं संवाद छ ।

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |